arrow

‘असफलता ढाक्न ओली सरकारले मिडियामाथि नियन्त्रण गर्न खोज्यो’

logo
प्रकाशित २०७६ वैशाख ३१ मंगलबार
borna-bahadur-karki.jpg

काठमाडौं । प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष बोर्णबहादुर कार्कीले आफ्नो असफलता ढाक्न केपी शर्मा ओली नेतृत्वको सरकारले मिडिया काउन्सिल विधेयक दर्ता गराएको आरोप लगाएका छन् । 

उनले भने, ‘ओली सरकार असफल हुँदैछ । यसबारेमा मिडियाले ब्यापक रुपमा उठाउँदै आइरहेको छ । प्रतिपक्षीले उठाउनुपर्ने कुरा मिडियाले उठाएकाले त्यसलाई ठेगान लगाउन नै विधेयक ल्याउन लागिएको हो ।’ 

उनले स्पष्ट पारे, ‘मिडिया काउन्सिल वा प्रेस काउन्सिलको आवश्यकता छ । तर गलत प्रेस स्वतन्त्रताको लागि र हकहितको लागि यो जरुरी हो । प्रतिवन्धका लागि हैन ।’ 

उनले नेपाली प्रेसको अवस्थाबारे कोट्याउँदै भने, ‘प्रेसलाई जिम्मेवार र उत्तरदायी बनाउनु पर्छ । त्यो डर त्रासले नभइ स्वयं पत्रकारले महसुस गर्नुपर्छ ।’ 

सही मार्गमा हिँडाउने काम प्रेस काउन्सिल भएकोबारे स्प्ष्ट पार्दै पूर्व अध्यक्ष कार्कीले भने, ‘त्यसलाई बाटो देखाउने प्रेस काउन्सिल हो । यदि अहिले मिडिया काउन्सिल विधेयक बन्यो भने सरकार र प्रेसबीच द्धन्द्ध बढ्छ ।’ 

उनी आफूले चार वर्ष प्रेस काउन्सिलमा बस्दा प्रेस काउन्सिललाई अझ बढी स्वतन्त्र बनाउनु पर्छ भनी लागेको चर्चा गर्दै भने, ‘यसको नियुक्ति प्रक्रिया क्याबिनेटबाट गरिन्थ्यो । अहिले त मन्त्रीले सीधै आफूले नियुक्त गरेका तीन सदस्यबाट नै अध्यक्ष नियुक्त गर्न पाउने भनिँदैछ । काउन्सिलका सदस्यलाई जुनसुकै मन्त्रीले हटाउन सक्ने राखियो । यो खतरा हो ।’

कार्कीले भने, ‘आचारसंहिता उल्लंघन गरेको भन्दै पत्रकारलाई जरिवाना गराउने काम विश्वमा कहीं कतै छैन । प्रेस काउन्सिलबाट गराउन खोजिएको छ ।’ 

त्यसो त नेपाली प्रेस सच्चिनु जरुरी रहेकोबारे स्पष्ट पार्दै कार्कीले भने, ‘नेपाली पत्रकारितामा पनि तीललाई पहाड बनाउने र पत्रकारिताको आवरणमा ब्ल्याकमेलिङ हुने गरेको छ । यो बन्द गरिनु पर्छ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ