arrow

प्रदीप गिरीको अर्थमन्त्रीलाई प्रश्न- आलुलाई पानी चाहिन्छ की चाहिँदैन ?

logo
प्रकाशित २०७६ वैशाख ३१ मंगलबार
pradip-giri.JPG

काठमाडौं ।  नेपाली कांग्रेसका नेता प्रदीप गिरीले देशलाई सुहाउँदो नीति तथा कार्यक्रम र बजेट आएन भने विकास र समृद्धिको कुरा नारामा मात्र सीमित हुने बताएका छन् ।  प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा भएको छलफलमा भाग लिँदै गिरिले पिएचडी गरेका तर धान र गहुँको फरक नजान्ने व्यक्तिलाई अर्थमन्त्री बनाएर गल्ती गरेको बताए ।

 धेरै अर्थमन्त्रीहरु पढेका तर सामान्य बिषयको पनि जानकारी नहुने भन्दै गिरिले भने–‘पीएचडी गरेका, विदेश पढेर आएका तर नेपालको हकमा चाहीँ गहुँ र धानको फरक छुट्याउन नसक्ने, नेपालका हकमा प्याजलाई पानी चाहिन्छ कि चाँहिदैन आलुलाई पानी चाहिन्छ की चाहिँदैन यो कुरा भन्न नसक्ने हाम्रा सरकारका पालामा मन्त्री भए ।’
 
प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा भएको छलफलमा भाग लिँदै उनले भने,“आत्मनिर्भर अर्थव्यवस्था बनाउन हाल लिदैँ आएको अर्थ नीतिको वैकल्पिक धार समात्न सक्नुपर्छ, आर्थिक वृद्धिदर बढाउने मात्र होइन, समानता कायम गर्ने बजेट बनाउनुपर्छ ।”

नेकपाका सांसद तुल्सी थापाले सिद्धान्त र प्राथमिकतामा मुलुकका समसामयिक सबै विषय समेटिएका हुँदा त्यसलाई समर्थन जनाउनुपर्नेमा सबैसंग अनुरोध गरे।
 
उनले भने, “कृषिको विकासका लागि जमीनको चक्लाबन्दी र नवीन प्रविधिको प्रयोगमा कृषकलाई सहुलियत दिने विषय समेटिन आवश्यक छ ।”  उक्त विधेयकमाथिको छलफल सकिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ