arrow

ओली सरकारको गलत रबैयाको जनस्तरमा सुसूचित गरौं – प्रदीप पौडेल

logo
प्रकाशित २०७६ जेठ १ बुधबार
pradip-poudel-congress.jpg.jpeg

धादिङ । केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध खबरदारी र नेपाली कांग्रेस पार्टीको संगठन सुदृढीकरणका लागि ‘हिमाल, पहाड, तराई-मधेस अन्तर्गत नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ धादिङको जागरण अभियानको केन्द्रीय सदस्य एवम् केन्द्रीय प्रतिनिधि प्रदीप पौडेलको उपस्थितिमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै नेता पौडेलले नेकपा सरकारको गलत रबैयाको स्थानीय स्थरसम्मनै सुसूचित गराउँदै नेपाली कांग्रेसको पछिल्लो रास्ट्रिय कार्यक्रम र अबधारणा जनस्तरसम्म बुझाउन अनुरोध गरेका छन् ।

कायक्रममा नेपाली कांग्रेस धादिङले स्थानीय निकायसम्म खटाएका प्रतिनिधिहरु, जिल्ला स्थरका नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको थियो । नेपाली कांग्रेस जिल्ला पाटीकार्यलय जिल्ला सदरमुकाम धादिङबेशिमा सम्पन्न भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ