arrow

जेठ ३ त आयो नि कमरेडहरु !

जेठ ३ सुखदायी कि पीडादायी दिन ? 

logo
डेस्क टिप्पणी,
प्रकाशित २०७६ जेठ १ बुधबार
nekapa.JPG

काठमाडौं । नेपाली राजनीतिको इतिहासमा एकताको विषयलाई लिएर सबैभन्दा सम्झनयोग्य दिनमध्ये पर्छ जेठ ३ गते । २०७५ साल जेठ ३ गते । नेपालका शीर्ष दुई दलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएको दिन । 

तत्कालीन अवस्थामा दुवै दलका नेताहरु एक भएपछि कुर्लिए – अब कसैले पनि नेकपालाई छुन सक्दैन स्थानीयदेखि केन्द्रसम्म तीन महिनाभित्र एकता हुन्छ । 

नेताहरुको त्यो दृढ विश्वासलाई सबैले पत्याए । राष्ट्रिय सभागृहमा भएको त्यो एकता कार्यक्रममा परर्र ताली बज्यो । त्यो दिन नेपाली कम्युनिष्ट राजनीतिका लागि निकै अहम् दिन थियो । 

कुनै पनि नेपाली कम्युनिष्ट त्यो दिन असन्तुष्ट भएन होला । बुझेका कम्युनिष्ट जो अहिले पनि नेकपाभन्दा बाहिर छन् उनीहरुलेसमेत सहजै प्रतिक्रिया दिन मानेनन् । 

किनकि सशक्त र जनताको कम्युनिष्ट भयो भने हामी मात्र किन टाढा भन्ने पनि भयो होला । र, कुनै लोकतान्त्रिक दलले प्रतिक्रिया दिँदा पनि उनीहरुले वास्तासमेत समेत गरेनन् । त्यो महान दिन थियो । 

त्यो दिन महान् कि दुःखदायी ? 
वास्तवमा ठ्याक्कै एक वर्षपछि अहिले आएर हेर्दा त्यो दिन महान् कि सबैभन्दा दुःखदायी ? भनेर प्रश्नको जवाफ खोज्ने बेला आएको छ । 

त्यो महान् दिन हुनै सक्दैन भन्ने खाँटी कम्युनिष्टहरु पनि देखिएका छन् । नेकपाभित्रै पनि त्यो एकताको दिन महान् हुन नसक्ने बताउँदै आएका छन् । 

दुई धु्रवमा कुँदिरहने शक्तिहरु एक हुन नसक्ने भन्दै नेकपाभित्र जहिल्यै आलोचना भइरहेको छ । यो एकता केवल शक्तिका लागि भएको भन्नेहरु पुराना कम्युनिष्टहरु छन् । 

एकतालाई उनीहरुले अवसरवादी प्रयोग भनिरहेका छन् । 

अर्कातर्फ जेठ ३ तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको दुःखद निधन भएको दिन । २०५० साल जेठ ३ गते मदन भण्डारीको चितवनको दासढुंगामा दुर्घटनामा परी निधन भएको थियो । 

तत्कालीन पोलिटब्युरो सदस्य जीवराज आश्रितको पनि निधन भएको दिन । त्यो दिनदेखि नेकपाले विपक्षमा छँदा मदन भण्डारीको नामले राजनीति गर्यो । 

सत्तामा गएपछि मदनलाई भुल्यो । आश्रितलाई त कहिल्यै सम्झेन एमालेले । सत्तामा एमाले थुप्रै पटक गयो तर हत्यारा पत्ता लगाउन प्रयास गरेन । 

माओवादीसंग मिल्नुमा केवल दिन जेठ ३ भए पनि जनताको साम्यवाद र नौलो जनवाद दुवैलाई अहिलेको नेकपाले पोलेर खाइसकेको उसको व्यवहारले देखाइरहेको छ । 

खोइ त एकता ? 
त्यतिबेला जसरी नेताहरुले मच्चिएर लोकतान्त्रिक दलहरुलाई ठाडो धार लगाएर पाखुरा सर्काइरहेका थिए अहिले त्यस्तो देखिएको छैन । 

नेकपाभित्र एकता हुन सकेको छैन । स्थानीय तहमा अझै एकता भएको छैन । जनवर्गीय संगठनहरु अलपत्र छन् । 

विद्यार्थी संगठनहरु अलपत्र छन् । केवल पदीय स्वार्थ लिने ठाउँमा मात्र एकता देखिएको भन्दै आलोचना भएको छ । 

प्रधानमन्त्री एवं नेकपाका दुई मध्येका एक अध्यक्ष बुधबार फर्कदै छन् भियतनाम र कम्बोडियाको भ्रमणपछि । 

‘जेठ ३ गते नै सबै कुराको एकता गरी सहमति गर्ने भन्ने छ । हेरौं होला । प्रधानमन्त्री फर्केपछि होला ।’ नेकपाका नेता दिनानाथ शर्माले भने । 

नेताहरु नै एकताका लागि विश्वस्त छैनन् । तीन महिनाभित्र गर्ने भनिएको पूर्ण एकता अहिलेसम्म भएको छैन । केन्द्रमा समेत पूर्ण एकता भएको छैन । जिम्मेवारी बाँडफाँड भएको छैन । 

जिल्लामा नेतृत्व बाँडफाँड गरे पनि राजीनामा दिने पनि उत्तिकै छन् । केन्द्रीय नेतृत्वकर्ताको खरावीका कारण एकता सम्भव नभएको आरोप स्थानीय तहमा लाग्दै आएको छ । 

त्यसैगरी केन्द्रमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको कार्यकौशलताप्रति गम्भीर प्रश्न उठाउँदै आएको छ । 

ओली एक्लिने संकेत
ओलीले न त पार्टीलाई संगठित गरे न त सरकार नै राम्ररी चलाए । ओलीलाई अबका दिनमा संकटमा पार्ने गरी योजना बनिरहेको बुझिन्छ । 

हुनत ओलीको हुँकारपछि नेकपाका शीर्ष नेताहरुको नूर नै झर्छ । तर उनी विदेश भएका बेलामा भने निकै ठूलो रबाफ नेताहरु बढाउँछन् । 

तर यसपटक ओलीले बेशी नै गरेको भन्दै आन्तरिक रुपले ओलीलाई अप्ठेरोमा पार्ने योजना भइरहेको बुझिएको छ । 

अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, बामदेव गौतम, झलनाथ खनाल लगायतका नेताहरु एकीकृत भएर ओलीलाई अप्ठेरोमा पार्ने योजना बुनिरहेको दावी स्रोतको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ