arrow

सिंहदरबारमा मन्त्री र कर्मचारीबीच हातपात, यस्तो थियो विवाद 

logo
प्रकाशित २०७६ जेठ १ बुधबार
matrika-yadav.jpg

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव र नेपाली काँग्रेस निकट कर्मचारी युनियनका नेताहरुबीच हात हालाहाल भएको छ । बुधबार मन्त्रीले आस्थाको आधारमा कर्मचारी सरुवा गरेको विरोधमा डेलिगेसन गएका काँग्रेस निकट कर्मचारीहरु र मन्त्रीबीच हात हालाहाल भएको डेलिगेसनमा गएका युनियनका उपाध्यक्ष सुरेन्द्र अधिकारीले जानकारी दिए । हातपातबाट कोही पनि घाइते नभएको अधिकारीले जानकारी दिए । 

बुधबार दिउँसो युनियनका वरिष्ठ उपाध्यक्ष अधिकारी र युनियनका उपाध्यक्ष उत्तम कटुवाल र केन्द्रीय सदस्य विश्वबन्धु रेग्मी सहितको टोली मन्त्रीको चेम्बरमा गएर कर्मचारी सरुवा सम्बन्धी निर्णय आस्थाको आधारमा रहेको भन्दै पुनर्विचार गर्न आग्रह गरेका थिए । उनीहरुले मन्त्रीसँग केवल नेकपाको मात्रै मन्त्री नभएर सबैको मन्त्रीको जस्तो व्यवहार गर्न आग्रह गरेपछि मन्त्री एक्कासी उठेर कर्मचारीहरु माथि जाईलागेका थिए । 

कर्मचारीहरुले मन्त्रीका स्वकीय सचिव प्रेम आचार्यले आर्थिक प्रलोभनमा परी सरुवामा भूमिका खेलेको आरोप समेत लगाएका थिए । मन्त्री  आफ्नो आसनबाट उठेपछि डेलिगेसन गएका आधा कर्मचारीहरु उनको कार्यालयबाट बाहिरिएका थिए । आफ्ना स्वकीय सचिवले घुस खाएको भनेर कर्मचारीहरुले आरोप लगाएपछि मन्त्रीले प्रमाण देखाउन चुनौति दिएका थिए । होइन भने सबैलाई थुनिदिने चेतावनी दिएपछि डेलिगेसनमा गएका आधा भन्दा बढी कर्मचारीहरु कोठाबाट बाहिरिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ