arrow

प्रेस स्वतन्त्र नभए लोकतन्त्र समाप्त हुने

logo
प्रकाशित २०७६ जेठ १ बुधबार
mahat1.JPG

धनकुटा । पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राम शरण महतले प्रेस स्वतन्त्रता नभए लोकतन्त्र समाप्त हुने वताएका छन् ।  बुधबार नेपाल प्रेस युनियन धनकुटाद्वारा आयोजित अन्र्तक्रिया कार्यक्रम तथा पत्रकार सम्मेलनमा मुलुकमा महतले विकास र समृद्धीको जग नेपाली कांग्रेसले बसालेको समेत वताए।

नेपाली कांग्रेसले २०४८ सालमानै मुलुकमा विकास  र समृद्धीके जग लगाएकोले अहिले सम्म त्यस जगमानै टेकेर नेपालको विकास भैरहेको वताउदै डा. महतले वर्तमान सरकारले अहिले ल्याउन लागेको प्रेस विरोधी कानूनले लोकतन्त्रलाईनै खतरा पार्न सक्ने भएकाले यसलाई ल्याउन नदिने बताए ।

नेपाल प्रेस युनियन धनकुटा शाखाका अध्यक्ष हिमा चेम्जोङ्गको अध्यक्षतमा सम्पन्न भएको अन्र्तक्रिया तथा पत्रकार सम्मेलनमा नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष विजय सन्तोषी राईले मुलुकलाई अधिनायकबाद तर्फ लानका लागी वर्तमान सरकारले पत्रकार र मिडियाहरुलाई नियन्त्रण गर्न पहिलो प्रयास गरेको बताए । भने कार्यक्रमको संचालन सचिव विकास घिमिरेले गरेका थिए ।

कार्यक्रममा पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामकृष्ण यादव,पूर्व सांसदहरुलाई रामहरी खतिवडा,मनोहर नारायण श्रेष्ठ,प्रदेश सभा सदस्य लिला सुब्बा,नेपाल तरुण दलका महासचिव भूपेन्द्रजंग शाही,नेपाली कांग्रेस धनकुटका सभापति अग्नी प्रसाद पौडेल,महासमिति सदस्यहरु रमशे महत,आनन्द सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई ,नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष सञ्जय सन्तोषी राई ,जिल्लासदस्यहरु खेम पौडेल,सुमना तिम्सिना,पूर्व जिल्ला सदस्य राजन पौडेल,महिला संघ धनकुटाकी कार्यवहाक अध्यक्ष अम्विका धमला लगायतले प्रेस विरोधी कानुन ल्याउन नहुने बताए ।

अन्र्तक्रियमा कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष विजय सन्तोषी राई, नेपाल पत्रकार महासंघ धनकुटका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,उपाध्यक्ष नगेन्द्र राई,पूर्व अध्यक्ष खगेन्द्र घिमिरे,प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य रमेशचन्द्र अधिकारी,साझा संचार नेपाल धनकुटका अध्यक्ष भेषरजा कटेल लगायतले कुनै पनि हालतमा पत्रकारहरुलाई अंकुश लगाउन र नियन्त्रण गर्न ल्याउन लागेको  विधेयक पास हुन नदिने त्यसको सशक्त विरोध गर्ने बताए ।

यसैगरी नेपाल पत्रकार महासंघ धनकुटा शाखाको आव्हनमा आज धनकुटाका पत्रकारहरुले कालो पट्टी हातमा बाधेर काम गरेको नेपाल पत्रकार महासंघ धनकुटका सचिव विदुर खवासले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ