arrow

शितल निवासबाट राष्ट्रपति बाहिर निस्कदा सडकमा जनताको भागाभाग : गगन थापा

'कांग्रेस कमजोर भएको होइन, जिम्मेवार भएको हो'

logo
प्रकाशित २०७६ जेठ २ बिहिबार
gagan-thapa9.jpg

जाजरकोट । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले नेपाली कांग्रेस कमजोर नभइ जिम्मेवार भएको वताएका छन् । कांग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत वुधवार जाजरकोटको छेडागाड नगरपालिकाको थलह वजारमा आयोजित आम सभालाइ सम्वोधन गर्ने  नेता थापाले कांग्रेस राजनैतिक मुल्य मान्यता प्रति जिम्मेवार भएको वताए ।

पूर्व स्वास्थ्य मन्त्री समेत रहेका थापाले भने, 'संसदमा थोरै संख्या भयो भनेर सत्ता पक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  र अरुले आफ्नो पार्टीलाइ कमजोर भनेर आलोचना गर्ने गरेकका छन् । कांग्रेस कमजोर भएको हैन गणतन्त्र, संविधान कार्यान्वयन र राजनैतिक मुल्य मान्यता प्रति जिम्मेवार भएको हो ।'

जनताको त्याग वलिदान र संघर्षले प्राप्त गरेको गणतन्त्रको सँस्थागत विकास र लोकतान्त्रिक मुल्य मान्यताको रक्षाका लागि संख्या जे सुकै भएपनि कांग्रेस जिम्मेवार प्रतिपक्षको सशक्त भुमिकामा रहेको थापाले प्रष्ट पारे ।

कांग्रेसका प्रभावशाली नेता थापाले सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सील विद्येयक प्रेस स्वतन्त्रता विरोधी भएको र यसका विरुद्ध सारा पत्रकार, जनता र लोकतन्त्रका पक्षधरहरु जाग्नु पर्ने वताए ।

 उनले भने, 'प्रधानमन्त्रीले दुनियालाइ जिस्काउन मिल्ने तर एउटा नागरिक र पत्रकारले उनको गलत कामको विरोधमा लेख्न र वोल्न नपाउने व्यवस्था लोकतान्त्रिक होइन । दुई तिहाइको दम्भमा सरकार निरंकुश र अलोकतान्त्रिक हर्कत देखाउन उद्दत रहेको छ ।'

नेपाली कांग्रेस जाजरकोट क्षेत्र नम्वर २ को क्षेत्रिय कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले जनताको प्रतिनिधिको रुपमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीका केहि कामहरुले गणतन्त्र प्रति नै जनताले नकरात्मक धारणा वनाउन थालेको वताए ।

उनले भने, 'शितल निवासबाट राष्ट्रपति बाहिर निस्कदा सडकमा जनताको भागाभाग हुनुले गणतान्त्रिक शासन व्यवस्था प्रति नै जनतामा आक्रोस पैदा गराउन थालेको छ ।'

साथै थापाले कन्चनपुरमा वलत्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका वुवा आमालाइ यो सरकारले न्याय दिन नसकेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ