arrow

मंगलबारे हिँडेकी सुजता एक महीनादेखि बेपत्ता

logo
प्रकाशित २०७६ जेठ २ बिहिबार
mangalbare.jpg

इलाम ।  इलामकी एक बालिका एक महीनादेखि बेपत्ता भएकी छन् । बालिका बेपत्ता भएसँगै परिवारले खोजी शुरु गरेको छ । यहाँस्थित देउमाई नगरपालिका–५ धुसेनीकी १५ वर्षीया बालिका सुजता फियाक गत वैशाख ६ गतेदेखि बेपत्ता भई फेला नपरेकीले परिवारले खोजीका लागि प्रहरीलाई अनुरोध गरेको हो ।

उक्त दिन दिउँसो स्थानीय हाटबजार मंगलबारेमा साथीलाई भेट्न घरबाट हिँडेकी उनी नफर्केपछि दाजु (काकाका छोरा) विक्रम फियाकले छरछिमेक तथा आफन्तमा गुहार्नाका साथै प्रहरीसँग समन्वय गरेर खोजी गरिरहेको बताए ।  

जिल्ला प्रहरी कार्यालयले पनि बालिकाको खोजी गरिए पनि हालसम्म फेला नपरेको बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ