arrow

गोक्यो तालबाट रोबर्टले निकाल्यो बराइलीको शव

logo
प्रकाशित २०७६ जेठ २ बिहिबार
gokyo-himtal-students.jpg

सोलुखुम्बु ।  सोलुखुम्बुको गोक्यो तालमा डुबेका सुनिल बराइलीको  शव रोबर्टको सहायताबाट निकालिएको छ ।   गोक्यो तालमा डुवेर ९ महिना अगाडि बेपत्ता भएका बराइलीको शव रोबर्टको सहायताबाट निकाल्न सफल भएको गोत्ताखोरहरुले बताएका छन ।

चिसो र हावाको स्याँठको कुनै पर्वाह नगरी निरन्तर खोजी रहे खोजकर्ताहरुले आज उनको शव फेला पारेका हुन  ।  अमेरिकादेखि ल्याएको प्रविधि जडान गरेर उद्धारकर्ताहरु निरन्तर रुपमा खटिएका थिए ।
 
करिब ३५ फिट गहिराईमा पुगेर रोबर्टले शव पहिचान  खोज्दा पनि फेला पर्न कठीन शव  निरन्तरको प्रयासपछि शव निकाल्न सफल भएको हो ।
 
लाखौं रुपैयाँ खर्च गरेर शव खोजीकै लागि आएको टोलीले एक जनाको शव भेटेपछि आफूहरुको मिसनमा सफल भएको प्रतिक्रिया दिए । अद्यपि अर्को एक जना विद्यार्थीको पनि शव भेट्न बाँकी छ ।  

गोक्यो हिमतालमा बेपत्ता बालकको पुनः खोजी गर्न लागेको बिषयमा इलाका प्रहरी कार्यालय नाम्चे र प्रहरी चौकी खुम्जुङलाई पहिले नै जानकारी गराएपनि अहिले घटनास्थलमा प्रहरी नआएका कारण शवलाई लग्नको लागी कठिन भएको पारिवारिक श्रोतले बताएको छ ।

यसरी डुबेका थिए दुई विद्यार्थी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ