arrow

प्रेस युनियन पाँचथरको बिरोध प्रदर्शनमा प्रहरीको हस्तक्षेप

logo
प्रकाशित २०७६ जेठ २ बिहिबार
union-pachtar.jpg

फिदिम । मिडियामाथी 'कू' गर्ने उद्देश्यका साथ सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिल बिधेयकको बिरोध गर्दै नेपाल प्रेस युनियन पाँचथरले बिरोध प्रदर्शन गरेको छ । सदरमुकाम फिदिम स्थित लोकतन्त्र चोकमा रहेको युनियनको कार्यालयबाट सुरु भएको पत्रकारहरुको बिरोध र्‍याली जिल्ला प्रशासन पुगेको थियो ।

प्रशासन परिसरमा पत्रकारहरु प्रवेश गर्ने क्रममा प्रहरीले अवरोध गरेको हो । अवरोधका बावजुद प्रशासनको प्राङ्गणमा पत्रकारहरुले प्रदर्शन गरेका हुन् । र्‍यालीपछिको कोण सभालाई पत्रकार महासंघ पाँचथरका अध्यक्ष लवदेव ढुंगान, महासंघका प्रदेश सदस्य बिपेन्द्र गौतम र गणेश साम्पाङले सम्बोधन गरेका थियो ।

सम्बोधनको क्रममा बत्ताहरुले संसदमा पेस भएको बिधेयक तत्काल फिर्ता हुनुपर्ने बताए । मिडियालाई नियन्त्रण गर्ने उद्धेस्यले सरकारले विधेयक ल्याएकाले त्यसको बिरोधमा पत्रकारहरु उत्रनुपरेको पेस युनियन पाँचथरका अध्यक्ष भीमकुमार बाँस्कोटाले बताए । कोण सभालाई समापन गर्दै बाँस्कोटाले बिधेयक फिर्ता नलिए नेपाल प्रेस युनियन चरणबद्ध आन्दोलनमा उत्रले चेतावनी दिएका छन् ।

यसअघि प्रेस युनियन पाँचथरले संसदमा पेस भएको बिधेयक फिर्ताको माग गर्दै पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी  वस्ति मार्फत राष्ट्रिय सभाका अध्यक्ष र सभामुखलाई ज्ञापनपत्र बुझाउनुका साथै जिल्लाका अग्रज तथा क्रियाशिल पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम समेत सपन्न गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ