arrow

सर्लाहीमा गाँजा उद्योग : २१२ केजी गाँजासहित दुई पक्राउ

logo
प्रकाशित २०७६ जेठ २ बिहिबार
gaja3.jpg

सर्लाही । सर्लाहीमा लागूऔषध गाँजासहित यसको कारोवारमा संलग्नहरु धमाधम पक्राउ पर्न थालेका छन् । जिल्लाको उत्तरी भेग लालबन्दी नगरपालिका–१४, नारायणखोलाबाट एक सय किलो गाँजासहित दुई जना पक्राउ परेको एक सातापछि लालबन्दीबाट पुनः दुई सय १२ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् ।

 प्रहरीले गएराती लालबन्दी नगरपालिका वडा नम्वर-६, र वडा नम्वर–७, बाट गाँजासहित दुई जनालाई पक्राउ गरेको हो । लालबन्दी नगरपालिका–७ स्थित प्राथमिक स्वास्थ्य केन्द्र नजिकबाट बीआर ३० पी १४५८ नम्वरको भारतीय स्कारपियोसहित लालबन्दी नगरपालिका–७, का ३७ वर्षीय सनोज राज घिमिरे र पर्साको वीरगञ्ज महानगरपालिका–१८, भीस्वा घर भइ लालबन्दीमा ग्यारेज गरी बस्ने २२ वर्षीय सिधु सिंह पक्राउ परेका छन् ।

 उनीहरुलाई सुराकीको आधारमा एक सय ५० किलो गाँजासहित पक्राउ गरिएको हो । घिमिरे र सिंहले स्थानीय र भारतीयबाट आउने माग अनुसार गाँजाको पोका बनाएर बिक्री वितरण गर्दै आएको पाइएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी प्रतितसिंह राठौरले जानकारी दिए।

 यस्तै, लालबन्दी नगरपालिका–६, का सङ्गम लामाको घरबाट हिजो दिउँसो ६२ किलो गाँजा बरामद भएको भएको छ । घरका मानिस भने फरार रहेकाले खोजी भैरहेको प्रहरीले जनाएको छ । आज ईलाका प्रहरी कार्यालय लालबन्दीमा पत्रकार सम्मेलन गरी बरामद गरिएको गाँजा र पक्राउ परेका कारोवारीहरु सार्वजनिक गरिएको हो ।

सिन्धुली र मकवानपुरको पहाडी क्षेत्रमा उत्पादन हुने गाँजा सर्लाहीको भित्री र खोलाको बाटोहुँदै भारतीय बजारसम्म लाने गरेको गुनासो बढेपछि सर्लाही प्रहरीले कडाईका साथ निगरानी गर्न थालेको छ । यसक्रममा जिल्लाको लालबन्दी, हरिवन, बागमती, चन्द्रनगर, पर्सा, मलङ्गवालगायतको स्थानबाट छोटो अवधीमा लागूऔषध गाँजासहित दर्जनौं मानिस पक्राउ परिसकेका छन् ।

गाँजा प्रशोधन स्थलमा प्रहरीको छापा, एक क्विन्टल गाँजासहित दुई पक्राउ



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ