arrow

भैरहवामा गोली चल्यो, १ जना हतियारसहित पक्राउ

logo
प्रदीप आचार्य,
प्रकाशित २०७६ जेठ २ बिहिबार
Bullet_Fire.jpeg

बुटवल । रुपन्देहीको सिद्धार्थनगर पालिकामा शंकरपुर नाकामा बिहीबार दिउँसो गोली चलेको छ । भारतबाट हतियार लिएर नेपाल प्रवेश गरेका एक व्यक्तिलाई पक्राउ गर्ने क्रममा आक्रमण भएपछि प्रहरीले गोली चलाएको हो ।

नेपाल पसेको भारतीयहरु हतियार कारोबारी हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । सादा पोशाकका प्रहरीमाथि आक्रमण भएपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले जानकारी दिए ।

प्रहरीका अनुसार गोली लागेर घाइते भएका व्यक्तिलाई भारतीय पक्षले नै उठाएर लगेका छन् । प्रहरीले पक्राउ गर्न खोज्दा गुहार मागेपछि भारतीयहरु नेपाली सीमा क्षेत्रमा प्रवेश गरेर प्रहरीलाई आक्रमण गरेका थिए । भारतीयहरुको आक्रमणमा परि ३ जना प्रहरी घाइते भएको डीएसपी भण्डारीले बताए ।

रुपन्देही प्रहरीले १ जनालाई भारतीयलाई हतियार सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत महाराजगंज फरेना बस्ने अन्दाजी बर्ष ५२ को झिनक धोबी रहेको प्रहरीले पुष्टि गरेको छ । उनिसंगबाट मेड ईन युएसए लेखेको १ थान अटोमेठिक पेस्तोल बरामद भएको प्रहरी प्रवक्ता डिएसपी भण्डारीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ