arrow

पत्रकार महासंघ मिडिया काउन्सिल विधेयक विरुद्ध ऐक्यवद्ध, संचार साधनसहित वृहत प्रदर्शनमा 

logo
प्रकाशित २०७६ जेठ ३ शुक्रबार
fnj3.jpg

काठमाडौं । संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकसहितका कानुनहरुमा रहेका केही प्रावधानले स्वतन्त्र प्रेसको अभ्यासलाई नियन्त्रण गर्ने ठहर गर्दै आन्दोलित भएको नेपाल पत्रकार महासंघले मुलुकभर विशेष विरोध कार्यक्रम गर्दैछ । 

महासंघका महासचिव रमेश विष्टका अनुसार काठमाडौंमा संसद बाहिर र उपत्यका बाहिरका जिल्लाहरुमा सदरमुकाममा सञ्चार साधनसहित बृहत प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।

महासंघले मध्यान्ह १२ बजे हुने आन्दोलनमा सहभागी हुन पनि सबै संचारकर्मीहरुलाई आव्हान गरेको छ । 

यस्तो छ महासंघको विज्ञप्ति–
संसद्मा दर्ता भएको मिडिया काउन्सिल विधेयकसहितका कानूनहरुमा रहेका केही प्रावधानले स्वतन्त्र प्रेसको अभ्यासलाई नियन्त्रण गर्ने ठहर गर्दै नेपाल पत्रकार महासंघ आन्दोलित रहे को छ । सञ्चारसम्वद्ध संघसंगठन र सरोकारवाला पक्षसँग छलफल गरी तय गरिएको पहिलो चरणको आन्दोलनका क्रममा जेठ ३ गते काठमाडौंमा संसद वाहिर र पहिलो चरणको आन्दोलन सुरु भएको एक हप्तासम्म पनि सम्बन्धित पक्षले महासंघले उठाएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी कानुन संशोधन वा फिर्ता गरी भविष्यमा सरोकारवाला पक्षसँग छलफल र सहमति गरेरमात्र मिडियासम्बन्धी कानुनहरु ल्याउने मागको सुनुवाई नगरेकाले महासंघ थप आन्दोलित हुनुपर्ने परिस्थिति निर्माण भएको छ ।

अतः पहिलो चरणको आन्दोलनको अन्तिम दिन जेठ ३ गते शुक्रबार मध्यान्ह १२ः०० बजे नयाँबानेश्वरस्थित एभरेष्ट होटल अगाडि हुने प्रदर्शनमा आ–आफ्ना सञ्चार साधनहरुसहित उपस्थित हुन आम सञ्चारकर्मी, पत्रकार तथा स्वतन्त्रताप्रेमी सबैलाई हार्दिक आह्वान गरिन्छ ।

रमेश विष्ट
महासचिव



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ