arrow

मौसम कहाँ कस्तो ? 

logo
प्रकाशित २०७६ जेठ ३ शुक्रबार
weather.jpg

काठमाडौं । मुलुकमा केही दिनदेखि बिग्रिएको मौसम अझै पनि जारी नै रहेको छ । शुक्रबार पनि विभिन्न स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षा हुनेछ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली हुने देखिन्छ। 

देशका पहाडी भूभागका थोरै स्थानमा र तराईका १–२ स्थानहरुमा अपरान्ह पश्चात मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

शुक्रबार राति देशका पश्चिमी भूभाग लगायत पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रही बांकी भूभागमा मौसम सफा हुने देखिएको महाशाखाले बताएको छ ।

देशका पश्चिमी भूभाग तथा पूर्वी र मध्य पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ