arrow

प्रधानमन्त्री ओलीले यसरी गरे मदन भण्डारी र जीवराज आश्रितलाई श्रद्धा सुमन !

logo
प्रकाशित २०७६ जेठ ३ शुक्रबार
kp-sharma-oli--udayepur-news.jpeg

काठमाडौँ । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको सडक दुर्घटनामा निधन भएको २६ वर्ष पूरा भएको छ । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मदननगरमा विशेष कार्यक्रम आयोजना गरेर शुक्रबार स्मृति दिवस मनाउँदैछ ।     

जननेता भण्डारी र कुशल संगठक आश्रितको २६ औं स्मृति दिवसका अवसरमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले हार्दिक श्रद्धा सुमन अर्पण गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत ट्वीट गर्दै प्रधानमन्त्री ओलीले श्रद्धा सुमन अपर्ण गरेका हुन् ।  

उनले लेखेका छन्, ‘जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको २६ औं स्मृति दिवसका अवसरमा उहाँहरुप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु । सार्थक लोकतन्त्र, समतामूलक समाज निर्माण र समृद्धिको यात्रालाई गन्तव्यमा पुर्याएर श्रद्धेय जननेताको स्मृतिलाई सार्थक बनाऔं ।’

 विसं २०५० जेठ ३ गते चितवन नजीकै दासढुङ्गामा भएको जीप दुर्घटनामा भण्डारी र आश्रितको निधन भएको थियो । पोखरामा आयोजित जिल्ला अधिवेशनमा सम्बोधन गरेर चितवनमा आयोजना हुने कार्यक्रममा आउने क्रममा उनीहरु दुवैको ‘रहस्यमय’ निधन भएको थियो । 

यो रहस्यमय नभई हत्या हो भन्दै तत्कालीन एमालेले तत्कालीन नेपाली काँग्रेस नेतृत्वको सरकारलाई हत्यारा पत्ता लगाउन दवाव दियो । तर त्यसउप्रान्त नेकपाबाट मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल र दुई पटक केपी शर्मा ओली प्रधानमन्त्री भइसकेका छन् । 

उनीहरुले अझै पनि हत्या नै भन्न छाडेका छैनन् । तर हत्यारा पत्ता लगाउनका लागि अनुसन्धान पनि अगाडि बढाएका छैनन् । 

भण्डारी पत्नी विद्यादेवी भण्डारी पनि दुई पटक राष्ट्रपति भइसकेकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ