arrow

महिला मात्रले ताने रातो मच्छिन्द्रनाथ र मिननाथको रथ

logo
प्रकाशित २०७६ जेठ ३ शुक्रबार
woman-machindranath.jpg

काठमाडौं। रातो मच्छिन्द्रनाथको जात्रा अन्तर्गत शुक्रबार बिहान महिलाले मात्रै रथ तानेका छन्। रथयात्राको क्रममा बर्षमा एक दिन महिलालाई मात्र रथ तान्न दिने परम्परा अनुसार नरिवल खसाल्ने जात्राको भोलीपल्ट आज बिहानै ललितपुरको थटीटोलमा विधिवत् रुपमा महिलाहरुले रथ तानेका हुन्। रातो मच्छिन्द्रनाथसँगै मिननाथको रथलाई पनि महिलाहरुले लगनखेलबाट थटीटोल चौबाटोसम्म तानेर पुर्‍याएका हुन। आज बिहान सवा ६ बजे महिला मात्रैले रथ तानेर थटीटोल चौबाटो पुर्‍याएका हुन्।

गएको २५ गते बुधबार देखि सुरु भएको यो जात्राअन्तर्गत पहिलो दिन रथ रहेको स्थान पुल्चोकबाट  गाबहाल हुँदै, सुन्धारा, मंगलबजार, चक्रबहिलबाट लगनखेल पुराइएको हो। परापूर्वकालमा मच्छिन्द्रनाथको रथलाई पाटन परिक्रमा गराउने क्रममा थटिटोलमा पुग्दा रथ हराएको र एक जना महिलासँग रहेको भन्ने थाहा भएपछि उनलाई पुजा गरेर फर्काएको स्मरणमा आजको जात्रा लाई (याक मिसा भुज्या) एकजना महिलाको जात्रा भन्ने गरिन्छ। महिलाहरुले चाहेमा जे पनि गर्न सक्छन भन्ने सन्देश दिनका लागि पनि   बर्षमा एकपटक महिलालाई रथ तान्न दिने परम्परा बसेको संस्कृतिविदहरु बताउँछन।

३२ हात अग्लो रथको टुप्पाबाट नरिवल खसालिसकेपछि त्यसको  भोलिपल्ट आज परम्पराअनुसार सयौँ महिलाले थटीटोलमा रहेको रथ तानेर थटीटोल पुर्‍याएका हुन्। रथ लगनखेल पुगेको ४ दिनमा नरिवल खसाल्ने जात्रा मनाइने र त्यसको भोलीपल्ट बिहानै महिलाले रथ तान्ने परम्परा छ। 

जात्राका क्रममा अन्य स्थानभन्दा यो स्थानमा सबैभन्दा लामो समयसम्म रथ राखिने पुजारी कपिल वज्राचार्यले जानकारी दिएका छन् । बज्राचार्यका अनुसार लगनखेलबाट रथ जावलाखेल लानका लागि ज्योतिषीले साइत हेर्छन् । रथ जावलाखेल लानका लागि रातो मच्छिन्द्रनाथको साइत हेर्ने ज्योतिषले अब आउने बिहीबार साइत हेर्नेछन् । पाटन दरबार क्षेत्रमा पुननिर्माण भइरहेको मणिमण्डपमा ४ ज्योतिषले साइत हेर्ने परम्परा छ। त्यो दिन साइत हेरेपछि साइत अनुसार रथ जावलाखेल लगिने र जावलाखेल लगेको चार दिनमा भोटो देखाइने परम्परा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ