arrow

पशुपति वेदविद्याश्रमको जग्गामा महानगरको डोजर, विद्यार्थीहरु आन्दोलित 

logo
प्रकाशित २०७६ जेठ ३ शुक्रबार
bidhasharam-pashupati.JPG

काठमाडौं । २०३१ सालदेखि पशुपति क्षेत्र अन्तर्गत गौशाला  जय वागेश्वरी खण्डकोबीचमा अवस्थित नेपाल वेदविद्याश्रमको संरचना समाप्त गर्ने गरी काठमाडौं महानगरपालिकाले डोजर लगाएको छ । २०३१ सालदेखि औपचारिक  प्रारम्भ भई २०४३ सालदेखि निरन्तर माध्यमिक तहमा सञ्चालित विद्यालय हो ।

महानगरपालिकाले वडा कार्यालय बनाउनको लागि भनेर स‌ंस्कृत र संस्कृतिसँग जोडिएको वेदविद्याश्रमहरुकै जग्गामा डोजर लगाएपछि त्यहाँका विद्यार्थीहरु समेत आन्दोलनमा उत्रिएका छन् । गुरुकूलहरुकै केन्द्रको रुपमा प्रख्यात यस  विद्यालयमा देशभरका सयौँ विद्यार्थी अध्ययनरत छन् । यहाँ  पौरस्त्य विषयहरुका साथै आधुनिक विषयहरुको पनि अध्ययन- अध्यापन हुँदै आईरहेको छ । 

नयाँ संघीय संरचना अनुसार काठमाडौं महानगरपालिकाले नै वेद विद्याश्रमको जग्गामाथि अतिक्रमण गरेको हो । काठमाडौं उपत्यका भित्रका संस्कृति सम्पदाहरुलाई आधुनिकीकरण गरेर जोगाउन नसकेको महानगरले गुरुकूलको सम्पत्तिमाथि समेत आँखा लगाएको हो । का. म. न. पा. वडा नं ८ ले वेदविद्याश्रमको जग्गामा वडा कार्यालय बनाउनको लागि एक्कासी डोजर चलाएको विद्याश्रमले जनाएको छ । 

वर्तमान वेदविद्याश्रम सञ्चालक पशुपति क्षेत्र विकास कोषले समेत यस विषयमा अनभिज्ञता देखाएको छ । खुद वेदविद्याश्रमको नाममा जग्गाधनी लालपूर्जा भएको, यस विषयमा वेदविद्याश्रमसँग कुनै संवादसम्म पनि नभएको अवस्थामा विद्यालयको छात्राबास भवनको पछाडीपट्टी डोजर चलेको छ । सार्वजनिक जग्गा हडपेको  विषय सर्वत्र आलोचित भईरहेको समयमा महानगरपालिकाले शैक्षिक संस्थाको जग्गामाथि भवन बनाउन खोजेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ