गुलरिया,बर्दिया । स्वतन्त्र प्रेसको अभ्यासलाई नियन्त्रण गर्ने ठहर गर्दै बर्दियाका पत्रकारहरुले विभिन्न संचार साधन सहित विरोध प्रदर्शन गरेका छन । नेपाल पत्रकार महासंघ बर्दियाको आह्वानमा शुक्रबार विहान विभिन्न संचारमाध्यम तथा प्रेस संगठनहरुमा आबद्ध संचारकर्मीहरुले गुलरियाको राधाकृष्ण चौकमा भेला भई जिल्ला प्रशासन कार्यलयको मुख्य ढोकामा पुगी प्रेस स्वतन्त्रता विरोधी प्रवधानको खारेजीको माग गरेका हुन ।
प्रर्दशन कार्यक्रममा बोल्दै बर्दियाका वरिष्ठ पत्रकार कमल पन्थीले मिडिया काउन्सिल विधेयकले पत्रकार जगतलाई मात्र नभई नागरिकहरुलाई समेत अभिव्यक्तिमा रोक लगाउन खोजेको बताए । स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्ने बहानामा लोकतन्त्रलाई नै कमजोर पार्ने प्रावधान ल्याउन खोजेको जस्तो देखिएको उनले भने । कार्यक्रममा नेपाली कांगे्रसका प्रभावशाली नेता विद्या प्रसाद खनालले लोकतन्त्रलाई मजबुत बनाउन प्रेस जगतले खेलेको भुमिकाको प्रशसा गर्दै उनले भने “स्वतन्त्र प्रेस माथी अंकुस लगाउने सरकारको यो कदम अन्यन्त विरोधजनक छ यस्को विरोध गर्न अवश्यक छ ” ।
विरोध प्रदर्शन कार्यक्रममा नेपाल बार एसोसियसन बर्दियाका अध्यक्ष देवीदत्त देवकोटा, नेपाल पत्रकार महासंघका प्रदेश पार्षद यमनाथ घिमिरे, नेपाल प्रेस युनियन जिल्ला शाखा बर्दियाका अध्यक्ष विनयराज भण्डारी, पत्रकार महासंघकी उपाध्यक्ष मेनका चौधरी, अन्य संग संगठनका संचारकर्मी, सुरक्षाकर्मी लगायतका व्यक्तीहरुको उपस्थिती रहेको थियो ।
नेपाल पत्रकार महासंघ बर्दियाका उपाध्यक्ष यादव आचार्यका अनुसार पत्रकार महासंघ केन्द्रिय समितीको जानकारी अनुसार थाप कार्यत्रम गरिने बताए । साथै शुक्रबार समाचार संकलन तथा संचारगृहमा कालो पट्टी बाँधी कार्य गर्न पत्रकारहरुलाई अनुरोध गरेका छन ।