arrow

'भ्रष्टाचार लुकाउन प्रेसमाथी प्रहार'

विधेयक प्रजातन्त्र विरोधी

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७६ जेठ ३ शुक्रबार
dhanraj1.JPG

स्याङ्जा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ्ले सरकारले ल्याएको प्रेसमाथीको विधेयक प्रजातन्त्र विरोधी भएको बताएका छन् ।

नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नम्वर २ ले आयोजना गरेको आजको आवश्यकता, नेपाली कांग्रेसको एकता भन्ने नारा सहित आयोजना गरेको कार्यकर्ता भेटघाट तथा सहभोज कार्यक्रममा बोल्दै नेता गुरुङ्ले सरकारले बोल्ने र लेख्ने क्रियाकलापलाई बन्द गर्न खोज्नु अधिनायक तर्फ लागेको बताएका हुन् ।

'नेकपाका नेताले गरेको भ्रष्टाचार लुकाउन यस्तो कदम चालिदै छ', नेता गुरुङ्ले भने,“नेपाली जनताको बोल्ने स्वतन्त्रता माथी प्रतिवन्द लगाउन खोज्नु प्रजातन्त्र माथीको प्रहार हो ।” ठुलो त्याग र तपस्या गरेर ल्याएको प्रजातन्त्र अब रहने या नरहने अवस्था नेकपा सरकारले सिर्जन ागर्न थालेको छ गुरुङ्ले भने ।

नेपाली कांग्रेस केन्द्रीय समितिले देशभर गाँउ जागरण अभियान संचालन गरिरहेका बेला स्याङ्जा कांग्रेसले नयाँ संरचना अन्तर्गतका क्षेत्रिय भेला आयोजना गरेको हो । साविकको क्षेत्र नम्वर २ र ३ को संयुक्त भेलालाई सम्वोधन गर्दै केन्द्रीय सदस्य गुरुङ्ले सरकार र सरकार सगँ रहेको दलहरुले गरेको भ्रष्टाचार, बलात्कार, हत्याहिंसा, महङ्गी, लगायतका विषयहरुलाई गाँउजागरण अभियान मार्फत गाँउ गाँउमा पुर्‍याउन नेता गुरुङ्ले आग्रह गरेका थिए ।

प्रजातन्त्रको जगमा टेकेर सरकार नेपाली जनतालाई अधियनायकवाद लाद्न खोजेको छ नेता गुरुङ्ले भने,“सरकारले ल्याएको नीति तथा कार्यक्रममा राष्ट्रपतिलाई मेरो सरकार भन्न लगाउनुले नै प्रष्ट हुन्छ ।” सरकारका यस्ता क्रियाकलापको भण्डाफोर गर्न कांग्रेसमा एकताको खाँचो रहेको गुरुङ्ले बताए ।

कांग्रेस—कांग्रेस विच एकता नहुदा नेकपा सरकारले काण्डै काण्ड मच्चाउन उद्त रहेको उल्लेख गर्दै नेता भन्दा पनि संगठन हेरेर अगाडी बढ्न आग्रह गरे । पार्टीका कार्यकर्तालाई होच्चाउनु भन्दा पनि उच्च मनोवलका साथ अगाडी बढ्ने गरी समेट्न नेतृत्वलाई नेता गुरुङ्ले आग्रह गरे । कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य, महाधिवेसन प्रतिनिति र क्षेत्रिय प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ