arrow

स्याङ्जा कांग्रेसले देखायो एकताको सन्देश, कांग्रेसले हार्दा लोकतन्त्र धरापमा : श्रेष्ठ

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७६ जेठ ३ शुक्रबार
gopalman2.jpg

स्याङ्जा ।  नेपाली कांग्रेस भित्र केन्द्रतह देखि गाँउतह सम्म पुगेको गुटगतको अन्त्य गर्न नेपाली कांग्रेस स्याङ्जाले एकताको सन्देश दिन क्षेत्रिय भेला शुरु गरेको छ । ३ क्षेत्र बन्दा बनेको कांग्रेस संरचना संघिय निर्वाचन पछि दुई क्षेत्रमा विभाजन भएको थियो ।

दुईक्षेत्रमा विभाजन भएपछि गाँउजागरण अभियान सगै महासमिति सदस्य, महाधिवेसन प्रतिनिधि, क्षेत्रिय प्रतिनिधि लगायत अगुवा कार्यकर्ताहरुको भेला राखेर चिरपरिचित सगै सहभोजन कार्यक्रमको आयोजना गरेर एकताको सन्देश प्रवाह गरेको छ । शुक्रबार क्षेत्र नम्वर दुईले आयोजना गरेको सहभोजन तथा परिचायात्मक भेलामा बोल्ने बक्ताहरुले कांग्रेसलाई एकताको सुत्रमा बाधेर हिड्नुपर्नेमा जोड दिएका थिए ।
 
सो भेलामा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोपालमान् श्रेष्ठले कांग्रेसले हार्दा लोकतन्त्र नै धरापमा पर्न लागेको बताएका छन् । कांग्रेसले हार्दा मुलुकले हारेको भन्दै नेकपा सरकारका कारण लोकतन्त्र नै  धरापमा परेको बताएका हुन् ।  यो सरकारका पछिल्लो गतिविधि हेर्दा मुलुक हारेको प्रमाणित हुदै गएको जिकिर श्रेष्ठको थियो ।  सरकारले प्रेस, मानवअधिकार तथा न्यायालयमा निरन्तर आक्रमण गरिएको भन्दै सरकार निरङ्कुस तर्फ लम्किन खोजेको श्रेष्ठले आरोप लगाए । सरकारले ल्याएको प्रेस विरोधी विधेयकको कांग्रेसले कडा रुपमा विरोध गरिरहेको जानकारी दिदै नेपाली पत्रकारहरु नडराउन पनि आग्रह गरे ।

 सरकारले बिकास वजेट खर्च गर्न सकिरहेको छैन भन्दै नेता श्रेष्ठले कांग्रेस नेतृत्वको सरकारले नै बिकासको फड्को मारेको जिकिर गरे । कांग्रेसले शुरु गरेको जनजागरण कार्यक्रममा सवैलाई सक्रिय भएर लाग्न आग्रह गर्दै कांग्रेस एकजुट भएमा चुनाव सहजै जित्न सकिने श्रेष्ठले बताए । हामी हारेर निरास बनेका छैनौ श्रेष्ठले भने,“हामी अझै उत्साहका साथ संगठन मजबुद बनाउन लागि परेका छौं ।”  बिगतमा भएका कमीकमजोरी लाई मनन गर्दै कांग्रेस एक जुट भएर लाग्न जरुरी रहेको धारणा श्रेष्ठले व्याक्त गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ्, नेपाली कांग्रेसका पुर्व पाटी सभापति खगेन्द्रराज रेग्मी, कार्यबहाक सभापति कुमार राना, क्षेत्रीय सभापति अर्जुनप्रकाश अर्याल, क्षेत्रिय सचिव महेश भट्टराई लगायतका बक्ताहरुले एकताको सन्देश लिएर गाँउ जान कार्यकर्तालाई आग्रह गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ