arrow

श्रमिक पक्षिय बजेटको माग गर्दै ट्रेड युनियन काँग्रेसको प्रर्दशन

logo
प्रकाशित २०७६ जेठ ३ शुक्रबार
ntuc.jpg

काठमाडौं । नेपाल ट्रेड युनियन काँग्रेसले आगामी बजेटमा श्रमिक पक्षिय विषयहरु समावेश गर्न माग गर्दे राजधानीमा बृहत् प्रदर्शन गरेको छ । माइतीघरबाट निस्केको रयाली बानेश्वरमा पुगी सभामा परिणत भएको थियो ।

सभामा सम्वोधन गर्नु हुँदै ट्रेड युनियन काँग्रेसका अध्यक्ष पुष्कर आचार्यले सरकार हरेक ढंगले निरंकुशतातिर उन्मुख रहेको बताए। सरकार बजेट जस्तो महत्वपूर्ण विषयमा समेत सरोकारवाला पक्षहरुसंग छलफल नगरी एकलौटी ढंगले प्रस्तुत हुन खोज्नु, प्रेसलाई अंकुश लगाउने नियतले विद्येयक ल्याउनु, करको दायरा वृद्धि नगरी श्रमिकको उपदानमा भारी कर वृद्धि कुनै पनि हालतमा मान्य नहुने विचार राख्दै मंहङ्गि भ्रष्टाचार, हत्या हिसां बलत्कारीलाई कार्बाही गर्न खुट्टा कमाउनुको पछाडी कुन शक्तिको हात छ प्रश्न गरे।

उपाध्यक्ष नेत्र विक्रम थापाले सरकार श्रमिक पक्षिय हुनु पर्नेमा श्रमिक विरोधी व्यवहार देखाएको आरोप लगाए । उपाध्यक्ष आशा सिंह राठौरले ज्ञापन पत्र वाचन गर्नु हुदै अनौपचारिक क्षेत्रमा तत्काल योगदानमा आधारित सामाजिक सरक्षा योजना लागू गर्नुपर्ने बताइन्।

नेपाल सार्वजनिक सेवा कर्मचारी संघका केन्द्रीय अध्यक्ष जनार्दन भट्टराईले सरकार आस्थाको आधारमा कर्मचारी सरुवा गर्ने र संचय कोषमा लगाएको कर खारेज गर्नुका साथै अनौपचारिक क्षेत्रका श्रमिकलाई रासन कार्डको व्यवस्था गर्न माग गरेको नेपाल ट्रेड  युनियन काँग्रेस केन्द्रीय सदस्य एंव प्रचार प्रसार विभाग संयोजक बलदेव तामाङ्गले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ