arrow

राप्रपाले सरकारसँग दोस्रो चरणको वार्ता गर्ने

logo
प्रकाशित २०७६ जेठ ३ शुक्रबार
rpp4.jpg

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाल सरकारसँग जारी वार्तालाई सकारात्मक रुपमा लिँदै यथाशीघ्र चाँडो दोस्रो चरणको वार्ता प्रारम्भ गर्न पार्टी वार्ता समितिलाई निर्देशन दिएको छ ।

 राप्रपाका अध्यक्ष कमल थापाको अध्यक्षतामा पार्टी कार्यालय धूम्रबाराहीमा शुक्रबार बसेको पार्टीको विशेष बैठकमा  पार्टी र नेपाल सरकारबीचको वार्ताका सम्बन्धमा पार्टीका वरिष्ठ नेता दीपक बोहराले बैठकलाई जानकारी दिएका हुन् ।
 
बैठकमा जनसङ्घर्षको पहिलो चरणको समीक्षा र दोस्रो चरणको तयारीका सन्दर्भमा संयोजक तथा पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ्गबाट प्रस्तुत प्रतिवेदनमाथि विस्तृत छलफल र समीक्षा भएको पार्टीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

प्रदेश कार्यसमितिका अध्यक्षहरुले प्रदेशको विद्यमान सङ्गठनात्मक स्वरुप र भावी कार्ययोजनाबारे बैठकमा प्रस्तुत गरे।

 बैठकले सङ्गठन सुदृढीकरण र सक्रिय सदस्यता वितरण कार्यत्रमलाई अझ प्रभावकारी ढङ्गले अगाडि बढाउन पार्टीका केन्द्रीय पदाधिकारी,  सदस्य तथा सबै तहका कार्यसमितिलाई निर्देशन दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ