arrow

धादिङको १०४ वडामा पनि छायाँ सरकार, पराजीत वडाध्यक्ष सरकार प्रमुख

logo
प्रकाशित २०७६ जेठ ३ शुक्रबार
congress-flag.jpg

काठमाडौं । नेपाली काँग्रेसले धादिङ जिल्लाको १०४ वटा वडामा पनि छायाँ सरकार गठन गरेको छ । मुलुक संघीय संरचनामा विभाजित भएपछि स्थानीय तहको वडामा समेत धेरै अधिकारहरु प्रत्यायोजन गरिएकोले ती कामको निगरानी गर्नको लागि वडामा समेत छायाँ सरकार गठन गरिएको धादिङ जिल्लाका लागि नेपाली काँग्रेसका केन्द्रीय प्रतिनिधि प्रदीप पौडेलले जानकारी दिए । 

शुक्रबार एकैपटक जिल्लाभरमा काँग्रेसले चुनाव हारेका वडामा छायाँ सरकार गठन गरिएको हो । पौडेलका अनुसार वडाध्यक्षले गरेका आर्थिक अनियमितता, नीतिगत भ्रष्टाचार, प्रतिवद्धता अनुसार काम गर्न नसकेको विषयहरु लगायतलाई घच्घच्याउनको लागि वडामा समेत छायाँ सरकार गठन गरिएको हो । स्थानीय तहको चुनावमा पराजीत वडाध्यक्षलाई सो वडाको छायाँ सरकारको प्रमुख बनाईएको छ । 

काँग्रेसको केन्द्रीय समितिले तय गरेको जागरण अभियानले धादिङमा सार्थकता पाएको काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका पौडेलले जानकारी दिए । उनले यो जागरण अभियानमा उल्लेखनीय सहभागिता देखिएको भन्दै यसले पार्टीभित्रको मूल समस्याको रुपमा रहेको गुटबन्दीलाई समेत अन्त्य गर्ने विश्वास पनि व्यक्त गरे । छायाँ सरकार गठन गर्ने र त्यहाँको नेतृत्व चयन गर्नको लागि स्थानीयले नै सर्वसम्मत रुपमा प्रतिनिधि चयन गरेको भन्दै यो अभियानले धादिङमा दुईवटा अध्यक्ष हुने चलनको अन्त्य भएको बताए । 

शुक्रबाट गठन भएको छायाँ सरकारका अन्य सदस्यहरुमा भने पराजीत वडा सदस्यका उम्मेदवारहरु र आवश्यक मात्रामा अरु पनि सदस्यहरु थप गर्न सकिने बताईएको छ । यसले वडामा भएका बजेट, विकासका गतिविधिहरु र त्यहाँ देखिएका अनियमित गतिविधिहरुलाई समेत भण्डाफोर गर्ने काँग्रेसले जनाएको छ । शुक्रबार पौडेलले भने​ धुनिबेसी न​ग​र​प​लिकाको व​डा(३,५,९मा स​म्बोध​न गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ