arrow

२ हजार ३ सय कुखुरा जले, बौनिया बजारमा आगलागी

logo
देवानन्द न्यौपाने,
प्रकाशित २०७६ जेठ ३ शुक्रबार
poltry.jpg

लम्की । कैलालीको गौरीगंगा नगरपालिका वडा नं ८ मलेसिया टोलमा शुक्रबार बिहान विद्युत सट भएर आगलागी हुदा २ हजार ३ सय बोईलर कुखुरा जलेर नष्ट भएका छन् । स्थानीय लाल बहादुर धामी का २२ दिने १ हजार २ सय बोइलर र अमर धामी को ११ सय १६ दिने बोइलर कुखुरा मरेका हुन ।

 संयुक्त रुपमा संचालन गरेको आशिका पोल्ट्री फार्ममा रहेका २ वटा टहरामा एकै साथ आगो लागेको थियो  बिहान ११ बजेको समयमा एक्कासि विद्युत सट भएर आगो लागेको थियो । खरको छाना भएको फार्म दश मिनेटमै जलेर नष्ट भएको छ  ।

यसैबिच बौनिया बजारमा भएको आगलागीबाट करीब १ करोड ३० लाख बराबरको क्षेति भएको छ । स्थानीय रवि कुँवरको दुई तले घरमा रहेको प्रकाश नाथको ईलेक्ट्रोनीक पसलमा शुक्रबार दिउसो एक्कासि आगलागी भएको हो।

 विद्युत सर्ट भएर आगलागी हुँदा झण्डै एक रोड ३० लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

उनले  मानविय क्षति नभएको बताए । पसलमा रहेका फ्रिज, पंखा लगायतका सामानहरु जलेर नष्ट भएका छन्। आगो झण्डै एक घण्टा पछि मात्र नियन्त्रणमा आएको थियो । लम्कीचुहना नगरपालिका र घोडाघोडी नगरपालिकाको दमकलको सहायताले स्थानीय वासिन्दा र सुरक्षा नियकायले आगो नियन्त्रण गरेका हुन्। बर्दगोरीया गाउँपालिकाको दमकल नहुँदा बढी क्षती भएको स्थानियले गुनासो गरेका छन ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ