कांग्रेसले गणतन्त्र दिवसमा विभिन्न कार्यक्रम गर्ने
प्रकाशित २०७६ जेठ ३ शुक्रबार
386
Shares
काठमाडौं । नेपाली कांग्रेसले यही जेठ १५ गते गणतन्त्र दिवसका सन्दर्भमा ‘गणतन्क्रको एक दशक’, अन्तर्त्रिया, प्रभातफेरीलगायत विभिन्न कार्यक्रम गर्ने भएको छ ।
पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ‘गणतन्त्रको एकदशक’ विषयमा छलफल तथा अन्तर्क्रिया कार्यत्रम, जेठ १५ गते प्रभातफेरी र दीप प्रज्वलन तथा जेठ १६ गते सङ्घीयताको कार्यान्वयन विषयमा विचार गोष्ठी जनाएको हो ।
कांग्रेस उपसभापति एवं प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिको अध्यक्षतामा आज बसेको प्रतिष्ठानको बैठकले सातै प्रदेशका १४ स्थानमा महाधिवेशन प्रतिनिधिका लागि दुईदिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, पार्टीका क्रियाशील सदस्यका लागि एकदिने आधारभूत प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको पार्टी कार्यालयका सचिव मुक्ति आचार्यले जानकारी दिए।
त्यस्तै कांग्रेसले केन्द्रीयस्तर (काठमाडौँ) मा र देशका अन्य भागमा क्रमशः ‘नेपाली कांग्रेस मेला’ कार्यक्रमको आयोजना गर्ने, जिल्लामा फार्टीको राष्ट्रिय जागरणको कार्यक्रमसँगै समन्वय हुने गरी कार्यत्रम सञ्चालन गर्ने र जिल्लामा हुने गणतन्क्र दिवसको कार्यत्रमलाई सहजीकरण गर्न प्रतिष्ठानबाट प्रतिनिधि पठाउनेसमेत निर्णय गरेको छ ।