ओलीको अहङ्कारले उपलब्धीहरू गुम्ने खतरा रहेको पौडेलको कथन
प्रकाशित २०७६ जेठ ४ शनिबार
319
Shares
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रेस माथिको नियन्त्रण, मानब अधिकार आयोगलाई महान्यायधिवक्त्ता मातहतमा, सुरक्षा परिषदको निणय बिना सेना परिचालन, भ्रष्टाचार, कुशासन, मंहगी कमिशनको बिगबिगी, बिचौलियाहरूको राइदाई, बढ्दो दलालिकरणले जनतालाई निरास बनाएको बताएका छ्न् ।
नेपाली कांग्रेस पर्बत काठमाडौं सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै पौडेलले सबैभन्दा बलियो सरकार भएको बेला उपलबधी शुन्य हुनुले असन्तुष्टी बढनु स्वभाविक भएको बताए।
सरकारी रबैयाले समृद्धि प्राप्त नहुने उल्लेख गर्दै पौडेलले सरकारले यति धैरै ज्यादति गर्दा पनि कांग्रेसप्रति आकर्षण बढ्न नसकेको स्विकारे ।
कांग्रेसको नेतृत्वप्रति जनताको बिश्बास नभएका कारण आकर्षण नदेखिएको उनको टिप्पणी थियो। रेडक्रसको चुनाब रोक्ने सरकारले अब लोकतान्त्रिक अभ्यास गर्न नदिने उल्लेख गर्दै पौडेलले जनतामा बिश्वास बढाउने गरि अभियानलाई सच्याएर अघि बढ्नु पर्ने बताए ।