arrow

सत्तापक्ष र विपक्षी भनेर एकअर्कालाई निषेध गर्ने गरी जानु आवश्यक छैन – गुरुङ

logo
प्रकाशित २०७६ जेठ ५ आइतबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका मुख्य सचेतक देवप्रसाद गुरुङले सत्तापक्ष र विपक्षी भनेर एकअर्कालाई निषेध गर्ने गरी जानु आवश्यक नभएको बताएका छन् । 

मिडिया काउन्सिल विधेयक संसदमा गएको भन्दै उनले सोमबारदेखि छलफल हुने भन्दै उनले विधेयकका बारेमा सत्तापक्ष र प्रतिपक्ष भन्न नहुने बताएका हुन् । 

आपसी सहमतिकै आधारमा विधेयकमा सहमति हुने उनले बताएका छन् । संविधानअनुसार नै कानुन बनाउने भएकाले त्यसमा सबैको सहमति हुनेमा पनि उनले बताएका छन् । 

धेरै समस्या नपर्ने दावी गर्दै गुरुङले ‘विधेयक ल्याउने अधिकार सरकारको भएको भन्दै आवश्यकता ठानेरै सरकारले विधेयक ल्याएको होला’ भनेका छन् । 

यो विधेयक अपुरो भएको भए समितिमा गएर छलफल गर्न सकिने र संवन्धित निकायका पदाधिकारीहरुसंग छलफल गर्न सकिने उनले बताए ।

प्रतिपक्षी दल काँग्रेसले संसद अवरोध गर्ने भनिरहँदा उनले यो विषय संसद अवरोध गर्ने खालको नभएको दावी गरेका छन् । 

उनले पत्रकारको हक अधिकार हनन नहुने भन्दै राम्रै नियतले सरकारले यो विधेयक ल्याएकोमा गुरुङले विश्वास गरेका छन् । 

उनले अगाडि भने, ‘यद्यपि यसमा छलफल गर्न सकिन्छ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ