arrow

पूर्वराजा ज्ञानेन्द्रले बैंककमा बसेर भारतको चुनावी परिणाम हेर्ने 

logo
प्रकाशित २०७६ जेठ ५ आइतबार
ganendra_ex-king.jpeg

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले थाइल्याण्डको बैंकक बसेर भारतीय लोकसभा निर्वाचनको मत परिणाम हेर्ने भएका छन् । 

पूर्वराजा शाह सपरिवार आइतबार दिउँसो १ बजेको फ्लाइटमा थाइल्याण्ण्डको बैंकक जाँदैछन्  । 

उनी सपरिवार बैंकक हानिन लागेका हुन् । उनको साथमा पूर्वरानी कोमल, पूर्वयुवराज्ञी हिमानीसंगै अन्य सदस्य पनि रहने छन् । 

चुनावअघि नेपालको तराई क्षेत्रमा गएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पक्ष बलियो बनाउन भूमिका खेलेको दावी गरिएका पूर्वराजा लामै समय तराईमै रहेका थिए । 

भारतीय राजदूत मंजीव सिंह पुरीसंग जनकपुरको होटलमा भएको कुराकानीलाई लिएर केपी शर्मा ओली सरकारले स्पष्टिकरणसमेत सोधेको चर्चा भएको थियो । 

मोदीले चुनाव जितेमा नेपालमा एकपटक फेरि हिन्दू धर्म र राजसंस्था फर्कन सक्ने दावी समेत गर्दै आइएको छ । 

भारतमा यतिबेला निर्वाचनको परिणाम कस्तो आउला भन्ने अपेक्षा पनि रहेको छ । सो बेलामा पूर्वराजाले बैंककमै रहेर भारतीय निर्वाचनको परिणाम अवलोकन गर्ने निश्चित भएको हो । 

यसै साता नातिनी पूर्णिकाको दीक्षान्त समारोह भएकाले सो समारोहमा सहभागीता जनाउन पूर्वराजपरिवार बैंकक जान लागेको हो । 

पूर्णिकाको शिक्षा प्लस टु पूरा भएको छ । पूर्वराजपरिवार दुई सातासम्म बैंककमै रहने बुझिएको छ । 

उक्त समयमा केही राजनीतिक भेटघाटसमेत हुने स्रोतको दावी छ । स्रोतका अनुसार भारतीय कुनै दूत त्यहाँ पुग्न सक्नेछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ