arrow

लोकतन्त्र भनिएको मुलुकमा प्रेसलाई नियन्त्रणमा राख्न पाइँदैन – मोहन वैद्य

सरकार कतै फाँसीवादतिर अगाडि बढेको त छैन ?

logo
प्रकाशित २०७६ जेठ ५ आइतबार
mohan-vaidhya.jpeg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारीका महासचिव मोहन वैद्य ‘किरण’ ले लोकतन्त्र भनिएको मुलुकमा प्रेसलाई नियन्त्रणमा राख्न नपाइने बताएका छन् । 

उनले सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिल विधेयक गलत भएको भन्दै फिता लिनसमेत माग गरेका छन् । 

उनले दमन हुने प्रक्रिया अगाडि बढ्दै जाँदा केपी शर्मा ओली नेतृत्वको सरकारले विगत भुलेको बताएका छन् । 

वैद्यले सरकार कतै फाँसीवादतिर अगाडि बढेको त छैन ? भन्ने प्रश्न गर्दै लोकतन्त्र ल्याउनका लागि प्रेस जगतले खेलेको भूमिका यो सरकारले भुलेको बताएका हुन् । 

ओलीको सरकार बहुमतको भए पनि आगामी चुनावमा यो पार्टी ठूलो नहुने ठोकुवा समेत वैद्यले गरेका छन् । 

यो सरकारले कुनै पनि राम्रा काम नगरेको दावी गर्दै वैद्यले यो कामको मुल्यांकन गर्दा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अब कहिल्यै ठूलो पार्टी नबन्ने समेत दावी गरेका छन् । 

यो सरकारले महंगीलाई बढाएको भन्दै अब आन्दोलन नै गर्नुपर्ने अवस्था आएको उनले बताएका छन् । वैद्यले भने, ‘यो सरकारले महंगी बढायो, भ्रष्टाचार बढायो, अब आन्दोलनमै नगई हुँदैन ।’


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ