arrow

राजपाले विधान सच्यायो, महाधिवेशन गर्ने समय तीन वर्ष

सोमबारदेखि राजपा अध्यक्ष मण्डलका संयोजक अनिलकुमार झा 

logo
प्रकाशित २०७६ जेठ ५ आइतबार
rajapa.jpg

काठमाडौं । राष्ट्रिय जनता पार्टी राजपा नेपालले पार्टीको महाधिवेशन गर्ने समय दुई वर्षबाट बढाएर तीन वर्ष पुर्याएको छ ।

पार्टी कार्यालय बबरमहलमा गत बिहीबारदेखि बसेको पार्टी केन्द्रीय अध्यक्ष मण्डलको बैठकले आफ्नो विधानमा संशोधन गर्दै उक्त निर्णय गरेको हो । 

विधानको ‘धारा ३१ (१०) मा यस अघि पार्टीको महाधिवेशन २ वर्ष भित्र गरिने छ भनिएकोमा अहिले समयावधि बढाएर ३ वर्ष भित्र गरिने भनिएको छ ।’ 

राजपाले विज्ञप्ति जारी गर्दै पार्टीको अध्यक्ष मण्डलको संयोजक चक्रिय प्रणाली अनुसार परिवर्तन हुने प्राबधान अनुसार सोमबार (जेठ ६ गते) देखि लागु हुने गरी अनिलकुमार झा राजपा नेपालको संयोजक हुने निर्णयसमेत गरेको जनाएको छ । 

के के निर्णय गर्यो त राजपाले ? यस्तो छ विज्ञप्ति –



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ