arrow

कांग्रेसको जागरण अभियानलाई गाँउ गाँउमा स्वागत

लोकतन्त्रको सच्चा पहरेदारका रुपमा काम गर्न सुझाव स्थानीयको सुझाव

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७६ जेठ ५ आइतबार
bajhang.jpg

 बझाङ ।  नेपाली कांग्रेस पाटीले देशभर संचालन गरेको राष्ट्रिय जागरण अभियान लाई यहाँका गाँउबस्तीका स्थानीयहरुले स्वागत गरेका छन् । केन्द्रीय परिबेक्षक सहित कांग्रेसका नेता कार्यकर्ता गाउँ टोल बस्तीमा गई कांग्रेसको गतिविधि सहित अन्य देशको  राजनितिक अवस्थाका बारेमा छलफल गर्दा गाउँलेहरुले कांग्रेस पार्टी लाई विधिको शासन कायम गर्न र लोकतन्त्रको सच्चा पहरेदारका रुपमा काम गर्न सुझाव दिएका छन् ।

जिल्लामा सुर्मा गाउँपालिकाबाट सुरु गरेको कांग्रेसको जागरण अभियानमा सुर्मा गाउँपालिकाका स्थानीय जनताहरुले कांग्रेसको जागरण अभियान लाई स्वागत गरेका थिए । नेपाली कांग्रेस पुर्व केन्द्रीय सदस्य  तथा जागरण कार्यक्रमका केन्द्रीय परिवेक्षक महेन्द्र शर्मा सहित जिल्ला तहका नेता कार्यकर्ता गाउँमा जादा गाउँलेहरुले  फुलमाला लगाएर स्वागत गरेका छन् । स्वागत पछि स्थानीयहरुले कांग्रेस प्रति जनताको आसा अझै जिवित भएपनि लोकतन्त्रको सच्चा पहेदारका रुपमा काम गर्न सुझाव समेत दिएका हुन् । सुर्मा गाउँपालिकाका स्थानीय युवा कलक बोहराले भने “बर्तमान सरकार प्रति नागरिकको आसा बिश्वास सबै गुमि सकेकाले बिधीको शासन कायम गर्न , लोकतन्त्रको रक्षा गर्न, प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न लगायत बिकास निर्माणलाई दुर्त गति दिन अझैपनि कांग्रेसले गर्छ भन्नेमा आम नागरिककोे बुझाई रहेको छ” ।

उनले यसका लागी कांग्रेसका नेताहरुले रुपान्तरण भएर जनताको पिर मर्कामा ध्यान दिनु पर्दछ ।   चुनाबका बेला बाहेक यसरी राजनितिक कार्यक्रमहरु गाँउघरमा हुदैन खप्तड छान्ना  गाउँपालिकाका  नरेन्द्र सिंहले भने  कांग्रेसको यस अभियानले कांग्रेसका शुभचिन्तकहरुलाई पनि हौसला मिलेको छ ।  एक महिना सम्म संचालन हुने पाटीको राष्ट्रिय जागरण अभियान जिल्लाको  जयपृथ्वी नगरपालिका बाट  सुरु भएर , सुर्मा , साईपाल , तल्कोट , मष्टा , खप्तड छान्ना , दुर्गाथली , छविसपाथीभेरा , बुङ्गल नगरपालिका , केदारस्युँ , थलारा गाउँपालिका सहित वित्थड चिर गाउँपालिकामा कार्यक्रम गर्ने योजना रहेको पार्टी सभापती हर्कजंङ बहादुर सिंहले जानकारी दिए । उनले भने  “यो कम्युनिष्ट सरकारको अधिनायकबादको विरुद्धको अभियान हो यसलाई गाउँ र जनताका बिचमा लैजान्छौ  । साथै  कांग्रेसको दर्शन विचार लाई जनता र नेता कार्यकर्ता कहाँ राखी पाटीलाई भावि दिनमा सशक्त बनाउने पनि यस अभियानको लक्ष्य हो” ।  अहिले नेपाली काग्रेसका नेता कार्यकर्ताहरु जागरण अभियानमा गाउँ गाउँ पुगेका छन् । केन्द्रीय परिबेक्षक महेन्द्र शर्माले भने काग्रेसले अब दु्रत गती लिदैछ । उनले बर्तमान कमन्युष्ट सरकार  भष्ट्रचारमा लिप्त भएकाले जनता यो सरकार प्रति आजित भएको बताउदै अब लोकतन्त्रको सच्चा पहरेदार त काग्रेस नै रहेछ भन्ने जनतामा छाप रहेको बताए ।  

पार्टीले संचालन गरेको जागरण अभियानमा नेपाली कांग्रेसका पार्टी सभापती हर्कजंग बहादुर सिंह सहित  संविधान सभा सदस्य चन्दा जोशी , पुर्व पाटी सभापती पृथ्वी बहादुर सिंह सहित अन्य नेता कार्यकर्ताहरुको सहभागीता रहेको छ । पार्टीले संचालन गरेको यो जागरण अभियानले गाउँघरमा रहेका नेता कार्यकर्ताहरु लाई आत्मबल पुग्नुका साथै पार्टीको निति नियम सिद्धान्त र मार्ग दर्शनका बारेमा जानकारी भएको थलारा गाँउपालिका नेपाली काँगे्रसका नेता राम बहादुर खातीले बताए ।

जागरण अभियानका लागी केन्द्रवाट परिवेक्षक महेन्द्र शर्माले अभियानले कांग्रेसका गाउँ गाउँमा रहेका कार्यकर्तालाई उर्जा दिने उदेस्य रहेको बताए।   जागरण अभियानमा गाँउ गाँउमा कार्यक्रम भेटघाट गर्दा कम्युनिष्ट पाटी वाट असुन्तुष्टी भएका मानिसहरु कांग्रेसमा प्रबेश गर्नेको लर्को समेत लागेको  पार्टी सभापती हर्कजग सिंहले बताए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ