arrow

नर्सको आन्दोलनप्रति कांग्रेसको ध्यानाकर्षण

logo
प्रकाशित २०७६ जेठ ५ आइतबार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नर्सहरुले आफ्नो पेशागत हकहितको माग राखी शुरु गरेको सङ्घर्षका कार्यक्रमप्रति राज्यले उदासीनता देखाएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

कांग्रेसले आइतबार विज्ञप्तिमार्फत नर्सहरुले आफ्नो पेशागत हकहितको संरक्षण तथा न्यूनतम सेवासुविधाको माग राखी सङ्घर्षको कार्यक्रम गरेको दशौँ दिन बित्दा पनि राज्यले उदासीनता देखाएको जनाएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत अनशनमा बसेका नर्सहरुको स्वास्थ्य स्थिति बिग्रँदै गएकोतर्फ समेत राज्य गम्भीर नदेखिनु दुःखद विषय भएको उल्लेख गरेका छन् ।

 कांग्रेसले यथाशीघ्र वार्ता र संवादका माध्यमबाट समस्याको निकास खोज्न सरकारसँग आग्रह गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ