arrow

उपेन्द्रका २२ कार्यकर्ता नेकपामा प्रवेश

logo
प्रकाशित २०७६ जेठ ५ आइतबार
upendra-yadav-600x0.jpg.jpeg

काठमाडौं ।   उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवको तत्कालीन संघीय समाजवादी पार्टीका जिल्ला सदस्यसहित २२ कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस निवासी समाजवादी पार्टीका जिल्ला सदस्य थमन विश्वकर्मा सहितले नेकपामा प्रवेश गरेका हुन् ।

विश्वकर्मा स्थानीय तहको निर्वाचनमा सो पार्टीबाट वडाध्यक्ष पदका उम्मेदवार बनेका थिए । नेकपामा प्रवेश गर्ने अन्य स्थानीय कार्यकर्तामा चन्द्रबहादुर विक, विनु विश्वकर्मालगायत २२ जना रहेका नेकपाका जिल्ला कमिटी सदस्य बैकुण्ठ भण्डारीले जानकारी दिए।  

पार्टी प्रवेश गरेकालाई आइतबार नेकपा जिल्ला कमिटीका सदस्यद्वय दलबहादुर गुरुङ, भण्डारी र वडाध्यक्ष समबहादुर गुरुङले नेकपामा स्वागत गरेका थिए ।

 शुरुमा एनेकपा माओवादी, एमाले हुँदै संघीय समाजवादी प्रवेश गरेका थमनले विगतमा सँगै काम गरेका साथीको आग्रह र नेकपा नेतृत्वको सरकारले अहिले लिइरहेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नाराबाट उत्साहित भएर नेकपामा प्रवेश गरेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ