arrow

सरकारी जग्गा अतिक्रमण रोक्न ज्ञापन पत्र

logo
प्रकाश बम,
प्रकाशित २०७६ जेठ ५ आइतबार
gyapan-patra1.jpg

डोटी । सरकारी जग्गा अतिक्रमण गरेको भन्दै  नेपाली काङ्ग्रेसले जिल्ला प्रशासन कार्यलय डोटीमा ज्ञापन पत्र बुझाएको छ । नेपाली काङ्ग्रेस आदर्श गाउँ पालिकाका संयोजक लक्ष्मण वहादुर सिंहले आईतवार डोटीका प्रमुख जिल्ला अधिकारि यादव सुवेदीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्रमा आदर्श गाउँपालिकाको वडा २ मौवामा निर्देशित ग्राम विकास समितिका नाममा रहेको कित्ता नम्वर ४ सय ६२ को ४ रोपनि १ पाई ३ दाम क्षेत्रफल सरकारी जग्गामा विगत लामो समय देखि स्थानियले अतिक्रमण गरी स्थायि रुपमा वसोवास गरी घर ,टहरा वनाउनका साथै  व्यापार व्यवसाय गर्दै आईरहेको भए पनि  गाउँपालिका जिम्मेवार नवनेको आरोप लगाएको छ ।

गाउपालिकाले जग्गा संरक्षण गर्नुका सट्टा उल्टै कमिशन खाने नियतका साथ जग्गा विक्रिवितरणमा लागेको भन्दै ज्ञापन पत्रमा  घोर आपत्ति जनाएको छ । उक्त जग्गा संरक्षणका लागि जिल्ला मालपोत र नापि संग सम्वनय गरी निर्देशित ग्राम विकास समितिका नाममा रहेको जमिनको चार किल्ला प्रमाणित गरी अतिक्रमण गरी निर्माण गरेका घर टहरा हटाउन पहलका लागि ज्ञापन पत्रमा जोडदार माग गरीएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ