arrow

सुखका लागि मानिसले जान्नैपर्ने बुद्धका ४ आर्यसत्य

logo
बुद्ध ६,
प्रकाशित २०७६ जेठ ५ आइतबार
gautam-buddha1.jpg

काठमाडौं । भगवान गौतम बुद्धले २५०० बर्ष पहिले पृथ्वीमा मानिसहरुलाई अहिंसा र दयाको ज्ञान दिएका थिए । भगवान बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण यी तीन एकै दिन वैशाख पूर्णिमामा भएको थियो ।

त्यसैले वैशाख पूर्णिमाको दिन बुद्ध जयन्ती मनाइन्छ । यसै दिन  भगवान बुद्धको महापरिनिर्वाण पनि मनाइन्छ ।  ग्रन्थहरुका अनुसार भगवान बुद्ध नारायणको अवतार हुन्  । मानिसहरु माझ भगवान बुद्धले ४ आर्यसत्य बताएका छन् ।  आर्यसत्य भनेको मानिसको जीवनको अकाट्य सत्य हो । जुन सुख प्राप्ति भन्दा पहिले हेरक मानिसले जान्नुपर्ने बुद्ध बताउछन् ।

१. संसारमा दुःख छ ।
२. समुदाय दुःखको कारण हो ।
३. निरोध दुःखको निवारण हो ।
४. मार्ग निवारणको लागि हो ।

दु:ख छ
महात्मा बुद्धले जुन प्राणी जगतको पहिलो आर्य सत्यको ज्ञान दिए त्यो हो 'संसार म दुःख छ'। महात्मा बुद्धले आफ्नो पहिलो आर्य सत्यमा यो भने कि यस संसारमा कुनै पनि प्राणी यस्तो छैन जसलाई दुःख न होस । यसैकारण दुःखमा पनि सदैव प्रसन्न रहनु पर्छ ।

दु:खको कारण इच्छा
दुःखको प्रमुख कारण तृष्णा (तीव्र ईच्छा ) लाई महात्मा बुद्धले दोस्रो आर्य सत्य बताएका छन् । त्यसैले कुनै पनि बस्तुहरु प्रति अत्यधिक तृष्णा राख्नु हुदैन । यसो गर्नाले दु:खबाट बच्न सकिन्छ ।

हरेक दु:खको निवारण
महात्मा बुद्धले तेस्रो आर्य सत्य उपदेशमा यस संसारमा जति पनि दुःख छन् त्यसको निवारण छ भनेका छन् । यस्तो कुनै दु:ख छैन जसको कुनै हल नहोस ।

दु:ख निवारणको उपाय
महात्मा बुद्धले चौथा आर्य सत्य बताए दु:खको निवारणको उपाय पनि छ । दुःखको समाप्तिको लागि मनुष्यले सदमार्ग (अष्टांगिक मार्ग) सँग परिचित हुनुपर्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ