arrow

ओली सरकार अक्षमता, भागबण्डा र सत्ताकब्जातिर उन्मुख भयो – लोहनी 

‘प्रजातन्त्रको लागि सीमा तोड्ने प्रयास भइरहेको छ, जनता सडकमा आउने बेला भएको छ’

logo
प्रकाशित २०७६ जेठ ६ सोमबार
prakash-chandra-lohani.jpeg

काठमाडौं । राप्रपा संयुक्तका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले एक वर्षको अवधिमा केपी शर्मा ओली नेतृत्वको सरकार अक्षमता, भागबण्डा, सत्ताकब्जातिर उन्मुख भएको आरोप लगाएका छन् । 

उनले भने, ‘संसारमा धेरै राष्ट्र छन् जहाँ लोकतन्त्र समाप्त पारिएका छन्, प्रजातन्त्रको माध्यमबाट प्रजातन्त्रकै हत्या भएका छन् । इटाली, पोल्याण्ड जस्ता देश उदाहरणीय छन् ।’

लोहनीले भने, ‘भ्रष्टाचार बढेको छ । प्रमाणको रुपमा वाइडबडी खरिदको भ्रष्टाचार हो । पाँच अर्बको भ्रष्टाचार भयो । सरकारले छानबिन गर्छु भन्यो चार महिनासम्म के गर्यो त ?’

उनले भने, ‘खेलकुदमा निष्पक्ष गर्ने रेफ्री हो । फुटबलमा रेफ्री अदालत हो । दायाँ बायाँ बस्ने लाइन्सम्यान संवैधानिक अंग हुन् । तर सरकारले सबैलाई आफ्नो कब्जामा लिन खोजेको छ ।’

लोहनीले भने, ‘लोकतन्त्रमा सबैभन्दा स्वतन्त्र प्रेस हुन्छ । त्यही प्रेसमाथि कुण्ठित गर्नका लागि ओली सरकारले प्रेस नियन्त्रित विधेयक ल्याउन खोज्नुले नै यो सरकारको नियत स्पष्ट हुन्छ ।’

उनले भने, ‘प्रजातन्त्रको लागि सीमा तोड्ने प्रयास भइरहेको छ । अब निदाएर बसेको प्रतिपक्षीमात्र होइन अब सत्ता पक्षका बुद्धिजीवी नेताहरु पनि उठ्ने बेला भएको छ । जनता सडकमा आउने बेला भएको छ ।’


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ