arrow

सत्ताधारी कमरेडहरुको मानसिकता स्टालिन र पोलपोटको एकमनावादी धङधङीबाट अझै ग्रसित छ – बाबुराम भट्टराई 

logo
प्रकाशित २०७६ जेठ ६ सोमबार
baburam-bhattrai1.jpg

काठमाडौं । समाजवादी पार्टी नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले मिडिया काउन्सिल विधेयक, मानव अधिकार र सुरक्षा परिषद लगायतका विधेयकमा केपी शर्मा ओली नेतृत्वको सरकारले देखाएको रवैयाप्रति कटाक्ष गरेका छन् । 

सरकारले संविधानको मर्म विपरीत यी विधेयक संसदमा दर्ता गरेपछि जताततै आलोचना भइरहँदा डा भट्टराईले पनि सत्ताधारी नेताहरुको प्रवृत्तिप्रति कटाक्ष गरेका हुन् । 

सामाजिक संजाल ट्वीटरमा उनले लेखेका छन्, ‘मिडिया काउन्सिल, मानव अधिकार आयोग, सुरक्षा परिषद लगायतका बिधेयकहरूलाई एकै ठाउँमा राखेर हेर्ने हो भने सत्ताधारी कमरेडहरूको मानसिकता स्टालिन र पोलपोटको एकमनावादी धङधङीबाट अझै ग्रसित देखिन्छ । यस्तै सोचले विश्व कम्युनिष्ट आन्दोलन ध्वस्त भएको हैन र ? अनि के को जबज र एशज ? बहस त्यता गर्ने कि ?’

उनले मिडिया काउन्सिल विधेयकका मस्यौदाकार कमरेडहरूले रोसा लग्जेम्बर्गको भनाईलाई समेत सम्झनुपर्ने बताएका छन् । अर्को ट्वीटमा उनले रोसाको भनाइलाई हुबहु राख्दै स्वतन्त्रता केवल सत्ताधारी नेता र कार्यकर्ताका लागि नभई फरक अभिव्यक्ति राख्नेहरुका लागि भएको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ