arrow

सिटौला बन्धुको नुवाकोटमा कूलपूजा, सप्ताह र महापुराण

logo
प्रकाशित २०७६ जेठ ६ सोमबार
sitoula-sewa-samaj.jpg

काठमाडौं। भारद्धाज गोत्री सिटौला बन्धुहरुको नुवाकोटमा भब्य रुपले कूलपूजा, सप्ताह र श्रीमद्भागवत महापुराण भइरहेको छ। जेठ ५ देखि १२ गतेसम्म नुवाकोटको खत्रीवेशीमा उक्त कूलपुजा, सप्ताह र श्रीमद्भागवत महापुराण चलिरहेको हो।

मेचीदेखि महाकालीका सिटौलाहरुको महापुराण सिटौला सेवा समाज नुवाकोट शाखाको आयोजनामा उक्त कूलपुजा, सप्ताह र श्रीमद्भागवत महापुराण भइरहेको हो। अमेरिकाबाट आएका टीका सिटौलाको विशेष पहलमा उक्त कार्यक्रम भइरहेको उमेश सिटौलाले जानकारी दिए। तेह्रथुमका सिटौलाहरुले यो कार्यक्रमका लागि विशेष योगदान दिएको आयोजकले बताएका छन्। 

पितृहरुको मुक्तिका लागि गरिएको यो पवित्र कार्यक्रमले समग्र देश तथा विदेशमा रहेका सिटौलाहरुको शान्तिका लागि विशेष योगदान पुर्‍याउने विश्वास आयोजको छ। खत्रीवेशी नजिकै सिटौलाहरुको कूलपूजाका लागि मन्दिरसमेत निर्माण गर्न लागिएको हो। समग्र सिटौलाहरुलाई सहभागीका लागि आव्हानसमेत गरिएको छ।

Image may contain: 3 people, people sitting and indoor

Image may contain: 3 people, people sitting, outdoor and closeup

Image may contain: one or more people, text and outdoor

Image may contain: one or more people and people sitting

Image may contain: 2 people, food

Image may contain: 2 people

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ