arrow

मिडिया काउन्सिल विधेयकबारे नेकपा एक पाइला पछाडि सर्दै 

logo
प्रकाशित २०७६ जेठ ६ सोमबार
nekapa.JPG

काठमाडौँ । कुनै पनि हालतमा मिडिया काउन्सिल विधेयक फिर्ता नगर्ने अडानमा रहेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चौतर्फी दवावपछि विधेयकका विवादास्पद विषय भने सच्याउने संकेत गरेको छ । 

विधेयकमा संशोधन हालेर विवादित विषय परिवर्तन गर्ने निष्कर्षमा शीर्ष नेताहरू पुगेका हुन् । संसद बैठक सोमबार बिहान ११ बजेका लािग बोलाइएको छ । 

बजेट अधिवेशनका रुपमा संसद बस्दै गरे पनि सरकार नियन्त्रित मिडिया काउन्सिल बनाएर प्रेस स्वतन्त्रता कुण्ठित गर्न खोजिएको भन्दै मुलुकभरका पत्रकार र नागरिक अधिकारकर्मी आन्दोलित भएपछि यो विषयलाई पहिले संवोधन गर्नुपर्नेमा नेकपा पुगेको बुझिन्छ । 

नेकपा नेता कृष्णभक्त पोखरेल पनि विधेयक फिर्ता गर्नुभन्दा पनि संशोधन गर्नुपर्नेमा जोड दिन्छन् । सरकारले वैधानिक तबरबाट दर्ता विधेयक फिर्ता लिँदा गलत सन्देश जाने भएकाले संसद्भित्रकै प्रक्रियाबाट संशोधन गर्ने नेताहरुको भनाइ रहेको छ । 


मिडिया काउन्सिल विधेयक, मानव अधिकार र सुरक्षा परिषद विधेयक लगायतमा असन्तुष्टि व्यक्त गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि संसद अवरुद्ध गर्ने बताइसकेको छ । 

नेपाल पत्रकार महासंघले समेत जेठ २५ गतेसम्मका विरोधका कार्यक्रम सार्वजनिक गरिसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ