arrow

कुकुरले टोकेका बिरामी बढे

logo
प्रकाशित २०७६ जेठ ६ सोमबार
dog1.jpg

महोत्तरी । महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा कुकुरले टोकेका बिरामी बढेका छन् । उक्त अस्पतालको आकस्मिक कक्षका अनुसार अहिले दैनिक एक दर्जन कुकुरले टोकेका बिरामी उपचारका लागि आउने गरेका छन् ।

डा मृत्युञ्जयकुमार ठाकुरका अनुसार बढ्दो गर्मीसँगै कुकुर असामान्य हुने र तिनको  सम्पर्कमा जाने जो केहीलाई टोक्ने भएकाले जिल्ला अस्पतालमा दिनदिनै कुकुरले टोकेका बिरामीको चाप बढेको हो ।

जिल्लाको १० नगरपालिका र पाँच गाउँपालिकाको विभिन्न गाउँठाउँबाट कुकुरले टोकेका बिरामी आउनाका साथै जलेश्वर अस्पतालमा भारतीय बिरामीसमेत उपचारका लागि आउने गरेको अस्पतालका प्रमुख डा राजीव झाले बताए । उनका अनुसार अप्रत्यासितरुपमा कुकुरले टोकेका बिरामी बढेपछि अहिले त्यस्ता व्यक्तिलाई चिकित्सकले विशेष सेवा दिइरहेका छन् ।
 
अस्पतालमा कुकुरले टोकेको प्रत्येक बिरामीलाई रेविज लाग्न नदिन घाउको अवस्थाअनुसार जनही तीनदेखि पाँच भाइल (डोज) प्रोफालेक्सिस नामक एन्टिरेबिज भ्याक्सिन दिनुपरेको जिल्ला प्रमुख झाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ