arrow

स्वतन्त्र तिब्बतसम्बन्धी कार्यक्रममा पुगेका सांसद भन्छन्- गलत सूचनाका कारण सम्मेलनमा गयौँ

logo
प्रकाशित २०७६ जेठ ६ सोमबार
pradip-yadav-forum.jpg

काठमाडौ‌ ।  प्रतिनिधिसभाका सदस्यद्वय एकवाल मियाँ र प्रदीप यादवले गलत सूचनाका कारण तिब्बतसम्बन्धी सम्मेलनमा सहभागिता हुन गएको प्रति दुःख व्यक्त गरेका छन् ।

  सांसदद्वयले जारी गरेको विज्ञप्तिमा व्यक्तिगत हैसियतमा निजी तवरबाट टर्की, स्वीट्जरल्याण्ड र लाट्भियाको भ्रमणमा गएका बेला लाट्भियाको राजधानी रिगामा कानून निर्माताहरुको अन्तरराष्ट्रिय सम्मेलन हुन लागेको भन्ने गलत सूचनाका कारणले अनभिज्ञतावश सहभागी हुन पुगेको उल्लेख छ ।

 “जब हामीलाई सम्मेलनका बारेमा यथार्थ जानकारी भयो, हामी तत्काल सम्मेलनस्थल छोडी स्वदेश फर्कियौँ, गलत सूचनाको कारणबाट उक्त सम्मेलनमा हाम्रो सहभागिता हुन गएको प्रति हामी दुःखी छौँ”, सांसदद्वय मियाँ र यादवले संयुक्तरुपमा हस्ताक्षर गरी जारी गरेको वक्तव्यमा भनिएको छ ।

नेपालको संविधान, प्रचलित कानूनले निर्धारण गरेका अन्तरराष्ट्रिय सम्बन्ध तथा सरकारको एक चीन नीतिप्रति प्रतिबद्धता र दृढ समर्थन रहेको उनिहरुले बताएका छन् ।

 प्रतिनिधिसभा नियमावली २०७५ ले सदस्यका लागि निर्धारण गरेका शर्तबन्देजलगायत पालना गर्नुपर्ने आचार संहितासम्बन्धी व्यवस्थालाई पूर्ण रुपमा पालना गरिने प्रतिबद्धता पनि विज्ञप्तिमार्फत व्यक्त गरिएको छ ।

 अफूहरुले आजै सभामुख कृष्णबहादुर महरालाई भेटी घटनाका बारेमा यथार्थ जानकारी गराएको संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद मियाँले बताए ।

 गत वैशाख २४ देखि २७ सम्म रिगामा सांसदहरुको तिब्बतसम्बन्धी विश्व सम्मेलन भएको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ