arrow

ट्राफिक प्रहरीले भन्यो, 'दुबैलाई हेल्मेट अनिवार्य तत्काल लागू हुँदैन'

logo
प्रकाशित २०७६ जेठ ६ सोमबार
double-helmet1.jpg

काठमाडौं । ट्राफिक प्रहरी महाशाखाले दुई पाँग्रे सवारी मोटरसाईकलमा यात्रा गर्ने दुबै यात्रुले अनिवार्य हेल्मेट लगाउनु पर्ने भन्नेबारेमा आएको समाचार तत्काल लागू नहुने बताएका छन् । सोमबार आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलबाट ट्वीट गर्दै ट्राफिक प्रहरी महाशाखाले यस्तो बताएको हो । 

आईतबार महाशाखामा आयोजित पत्रकार सम्मेलनमा महाशाखाकाका एसएसपी वसन्त पन्तले दुबैलाई अनिवार्य हेल्मेट लगाउनु पर्ने प्रावधान सहितको कानून बनाउन प्रस्ताव पठाईएको बताएका थिए । सोही अनुसार सञ्चारमाध्यमहरुमा समाचार आएपछि सामाजिक सञ्जालमा ट्राफिक महाशाखाको आलोचना समेत भएको थियो । 
 

मिति २०७६।०२।०६ , मोटरसाईकल तथा दुई पांङग्रे सवारी चलाउदा चालकले तथा सो सवारीमा बस्ने मानिसले प्रयोग गर्ने हेल्मेट सम्बन्धमा ।
--------------------------------------------------------- pic.twitter.com/RNEKVf4Rqr

— Metro Traffic (@valleytraffic) May 20, 2019

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ