arrow

युवा स्वरोजगार कार्यक्रमका संयोजकले खाए ६ हजार घुस

विशेष अदालतमा मुद्दा दायर

logo
प्रकाशित २०७६ जेठ ६ सोमबार
specialcourt-shikharnews.jpg

काठमाडौं ।  अखित्यार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय इलामका नायब सुब्बा र युवा स्वरोजगार कार्यक्रमका संयोजकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा विनोदबाबु बिसी र युवा स्वरोजगार कार्यक्रमका संयोजक भानुभक्त आचार्यले हराएको राहदानीको प्रतिलिपि निकाल्ने प्रयोजनका लागि एक सेवाग्राहीसँग रु छ हजार घुस लिएको अभियोग लागेको छ । सेवाग्राहीसँग राहदानीको प्रतिलिपिका लागि विभागबाट जारी मिति मगाइदिने बहाना बनाई घुस माग गरेको पुष्टि भएको पाइएको आयोगले जनाएको छ ।

यस्तै आयोगले सशस्त्र प्रहरी बल औद्योगिक सुरक्षा बल बुटवलमा कार्यरत सशस्त्र प्रहरी जवान भेषेन्द्र केसीलाई रु दश हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।  सामान्य व्यापार–व्यवसाय गर्दै आएका सेवाग्राहीसँग मासिक रूपमा नगद नबुझाए सामान जफत गरी थुनिदिने भनी जवान केसीले घुस मागेको पाइएको आयोगले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ