arrow

पाँचथर हत्याकाण्ड: एक जनाले सामूहिक हत्या गरेको, हत्यारा आफन्त भएको आशंका

logo
जितेन्द्र भण्डारी
प्रकाशित २०७६ जेठ ७ मंगलबार
house-1.jpg

पाँचथर। पाँचथरको मिक्लाजुङ–३, आरुबोटेमा भएको हत्या प्रकरणमा एकै जना ब्यक्तिले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ  पारिवारिक विवादका कारण हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको हो ।

पारिवारिक विवादले गर्दा सम्वन्ध चिसिएकोले हत्या भएका फियाक कान्छा ज्वाईँ हुन् । जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रमुख डीएसपी नरेन्द्र कुँवरले पनि घटनामा एक जनाको मात्रै संलग्नता हुनसक्ने देखिएको बताए । उनले भने, ‘हामी अहिले शव भेटिएको स्थलतिर जाँदैछौं तर, शव भेटिनुअघि नै उनी संदिग्ध रुपमा हाम्रो दायरामा आएका व्यक्ति हुन् ।’

ती झुण्डिएका मानबहादुर माखिमको शव मिक्लाजुङ–८, लुमाङ्दिनमा रुखमा झुण्डिएको अवस्थामा भेटिएको छ । ज्वाई माखिमको ससुराली परिवारसँग राम्रो सम्बन्ध थिएन । ‘ पछिल्लो समय श्रीमती सँग सम्वन्ध राम्रो नभएपछि सम्बन्ध विच्छेद गर्न चाहेकी थिइन’, स्रोतले भन्यो । घटनाको अनुसन्धानका लागि हाल काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसपी उमाप्रसाद चर्तुवेदी नेतृत्वको टोली पनि त्यसतर्फ गइसकेको छ ।

प्रदेश प्रहरी कार्यालयले पनि एसएसपीको नेतृत्वमा टोली खटाएको बताइएको छ ।

गएराति भएको घटनामा दुई घरका गरी ९ जनाको हत्या भएको थियो । हत्या हुनेमा ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा र १२ वर्षीया आशिका खजुम लिम्बू छन् ।

त्यसैगरी, फियाक परिवारका ७४ वर्षीय वमबहादुर फियाक, उनकी श्रीमती तथा ३६ वर्षीया जस्मिता फियाक र २६ वर्षीया मनकुमारी फियाकको पनि हत्या भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ