arrow

श्रमिकको पक्षमा काम गर्न निर्देशन

logo
प्रकाशित २०७६ जेठ ७ मंगलबार
ntuc1.jpg

मन्थली । नेपाल ट्रेड युनियन कांग्रेस, प्रदेश-३ को बैठक तथा गोष्ठी  रामेछापको मन्थलीमा सम्पन्न भएको छ । बैठकको उद्घाटन गर्दै ट्रेड युनियन कांग्रेसका महासचिव योगेन्द्र कुमार कुवारले हरेक परिवर्तनमा श्रमिकले महत्त्वपूर्ण योगदान पुर्‍याएको भए पनि श्रमिकको समस्या जहाँको त्यही रहेको बताए ।

श्रमिकको हक अधिकार दिलाउन अझ बढी काम गर्नु पर्ने बताउदै महासचिव कुवारले स्थानीय निकायसम्म संरचना गठन गरि श्रमिकको पक्षमा काम गर्न निर्देशन दिए ।

कांग्रेस रामेछापका सभापति लवश्री न्यौपानेले जुन देशले श्रमको सम्मान गर्न सक्दैन त्यो देशले प्रगति गर्न नसक्ने बताए ।

ट्रेड युनियनका केन्द्रीय सदस्य बलदेव तामाङले अबको कार्य संगठन विस्तार, संगठन सुदृढीकरण , परिचालन , व्यवस्थापन र वैचारिक सुदृढीकरण गर्दै युवा जमातलाई युनियनको दायरा भित्र ल्याउनु पर्ने बताए ।

बैठकले योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागु गराउन विभिन्न दबाबका अभियान गर्ने र संगठन सुदृढीकरण अभियान थाल्ने निर्णय गरेका छन्  ।

प्रदेश भरीका ६५ जनालाई ट्रेड युनियन कांग्रेसका महासचिव योगेन्द्र कुमार कुवारले ट्रेड युनियन कांग्रेसको आगामी कार्यदिशा, ट्रेड युनियन आन्दोलन, योगदानमा अधारित सामाजिक सुरक्षा र श्रम कानुनबारे प्रशिक्षण दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ