arrow

धनकुटाका पत्रकारले हातमा काम्रो बाधे

logo
प्रकाशित २०७६ जेठ ७ मंगलबार
dhankuta-patrakar.JPG

धनकुटा । सरकारले संसदमा पेश गरेको मिडिया विधेयक फिर्ता लिन माग गर्दै मंगलबार धनकुटाका पत्रकारहरुले हातमा काम्रो बाधेका छन् । पत्रकारहरुले हातमा कालो कपडाको काम्रो बाधेर जुलुस सहित जिल्ला प्रशान कार्यालयमा विरोध प्रर्दशन गरेका हुन ।

नेपाल पत्रकार महासंघ धनकुटाको आव्हनमा सरकारले संसदमा पेश गरिएको आम संचार विधेक पास भएमा आम संचारकर्मीहरुले स्वतन्त्रता पूर्वक लेख्न र बोल्न नसक्ने  भै पत्रकारहरुको  हात भाचिए जस्तै हुने भएको  भन्दै पत्रकाहरुले हातमा कालो कपडाको काम्रो बाधेर आज  लगाउदै जिल्ला प्रशासन कार्यालयमा प्रर्दशन गरेका हुन ।

नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठको अध्यक्षतामा भएको विरोध प्रर्दशनलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ धकुटा शाखाका पूर्व  अध्यक्ष तथा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राई,पूर्व अध्यक्ष महोन वान्तवा लगायतले पत्रकारहरुको हात भाच्ने र आवाज बन्द गर्ने किसिमको आम संञचार विधेयक फिर्ता गर्न चौतर्फी दवाव सिर्जना गर्नु पर्नेमा जोड दिए । यस विधेयकले आम नागरिकहरुलाई पनि गंभिर रुपमा असर पार्ने भएकाले नागरिहरु पनि यस बिधेयकको विरुद्ध लाग्नु पर्नेमा जोड दिए ।

धनकुटा पत्रकारहरुले जिल्ला प्रशासन कार्यालयका साथै धनकुटा बजारमा समेत हातमा काम्रो बाधेर प्रर्दशन गरेको  उक्त कार्यक्रममा पत्रकार महासंघ धनकुटका पूर्व अध्यक्ष खगेन्द्र घिमिरे, उपाध्यक्ष नगेन्द्र राई,सचिव विदुर खवास,सहसचिव हरी वहादुर लम्जेल,कोषाध्यक्ष नारायण कुमार राई,नेपाल प्रेस युनियन धनकुटाका अध्यक्ष हिमा चेम्जोग,प्रेस सेन्टर धनकुटका अध्यक्ष इश्वर थापा,फोनिज धनकुटाका अध्यक्ष सन्तवीर लामा,पत्रकारहरु रमेशचन्द्र अधिकारी,बिनोद घिमिरे,सर्मिला राई,विकास घिमिरे,नरेन्द्र कस्चित,माया राउत,प्रशंसा लिम्बु लगायत धनकुटाका पत्रकाहरुलेका सहभागीता रहेको थियो ।

 सकारले संसदका दर्ता गराएको आम संञ्चार विधेयकमा  १ करोड सम्म जरिवाना र १५ बर्ष सम्म कैद गर्न सक्ने व्यवस्था गरिएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ