arrow

वनमा घाइते वन्यजन्तुको उद्धार गरी उपचार

logo
प्रकाशित २०७६ जेठ ७ मंगलबार
Suklafata.jpg.jpeg

शुक्लाफाँटा । शुक्लाफाँटा नगरपालिका–८ चुरे फेदीसम्म फैलिएको बैजनाथ सामुदायिक वनमा घाइते वन्यजन्तुको उद्धार गरी उपचार गर्ने उद्देश्यले ‘घाइते वन्यजन्तु उद्धार तथा उपचार केन्द्र’ सञ्चालनमा ल्याएको छ । तालीम प्राप्त जनशक्तिको व्यवस्थासहित केन्द्र निर्माण गरी सञ्चालनमा ल्याइएको हो ।

केन्द्रमा सामुदायिक वन क्षेत्रमा संरक्षित वन्यजन्तु घाइते भएमा तत्कालै उद्धार गरी केन्द्रमा ल्याएर प्राथमिक उपचार गरी राम्रो भएपछि पुनः वन क्षेत्रमा छाड्ने व्यवस्था गरिएको सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले बताए । उनका अनुसार केन्द्र निर्माणका लागि रु एक लाख ५० हजार रकम खर्च गरिएको छ ।

केन्द्र निर्माणका निम्ति प्रविधिमा तत्कालीन वन कार्यालय, सेक्टर वन कार्यालय वाणि र टोटी फुलेली रेञ्जपोष्टले सहयोग गरेको छ । घाइते वन्यजन्तुलाई सुरक्षित रुपमा राख्न उपचार सहजता प्रदान गर्न चारैतिर ‘मेसन वायर’ जडान गरिएको छ ।

 “वन्यजन्तु सामान्य रुपमा घाइते भएको पाइए प्राथमिक उपचार गरी वन क्षेत्रमा छाड्छौँ”, अध्यक्ष महराले भने, “गम्भीर रुपमा घाइते भएको पाइए केन्द्रमै दक्ष पशु चिकित्सक बोलाइ उपचार गर्छौ ।”

जिल्लामै पहिलो पटक सो सामुदायिक वनले घाइते वन्यजन्तु उद्धार तथा उपचार केन्द्र सञ्चालनमा ल्याएको बताइएको छ । सामुदायिक वनका उपभोक्ता तथा पदाधिकारीले वन वातावरण विपद् व्यवस्थापन र वन्यजन्तु सुरक्षाका लागि कार्य गर्दै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ