arrow

पाँचथर हत्यामा पहिलो चरणको अनुसन्धान पूरा – प्रहरी प्रवक्ता पोखरेल

दैनिक औसत १४–१५ आत्महत्या, दैनिक ३–४ बलात्कार

logo
प्रकाशित २०७६ जेठ ८ बुधबार
RK-FidimPanchathar-MiklajungHatya3.jpg

काठमाडौं । पाँचथरको मिक्लाजुङ ३ आरुबोटेमा भएको ९ जनाको नरसंहारपूर्ण हत्या र त्यसपछि एक जनाको आत्महत्याले घटना थप रहस्यमय बन्दै गएको छ । 

तत्कालका लागि आत्महत्या गर्नेले नै नरसंहार मच्याएको आँकलन गरिए पनि यो नै भयो भन्न नसकिने प्रहरीले जनाएको छ । काठमाडौंबाटै गएको सिआईबीको विशेष टोलीले यसको अनुसन्धान गरिरहेको छ । 

नेपाल प्रहरीका प्रवक्ता डीआइजी विश्वराज पोखरेलले उच्चतहको अनुसन्धानको पहिलो चरण पूरा भएको बताएका छन् । उनले प्रमाण संकलनदेखि शव पोष्टमार्टमका लागि पठाउने काम भएको बताए । 

उनले पहिलो चरणबाट नै हत्याराको निक्र्योल गर्न सक्ने अवस्था नरहेको बताएका छन् । आत्महत्या गरेको व्यक्तिको नजिकै रगत लागेको कपडा र खुकुरी फेला परेको देखिएको अवस्थामा यसकै आधारमा हत्या गरेर आत्महत्या गरेको भनी भन्न सक्ने अवस्था नभएको प्रवक्ता पोखरेलले बताए । 

उनले घटनाको चेन कसरी गयो भनी अध्ययन गर्न महत्वपूर्ण रहेको बताएका छन् । यसअघि हत्या गरिएको दुई परिवारमा खानामा शिशा मिसाएको घटना बाहिर आएको थियो । यसलाई गम्भीर रुपले उठाइएन । परिवारभित्रै लुकाइयो । त्यो विषय अहिले जोडिएर आएको प्रवक्ता पोखरेल बताउँछन् ।  

पारिवारिक सम्बन्ध बिग्रिएका कारणले पनि यो घटना भएको हुन सक्ने उनको संकेत छ । भागेर बाँचेकी बालिकाले माक्स लगाएर आएको एक जना ब्यक्ति मात्र देखेकी थिइन् । उनीबाट प्रहरीले धेरै अपेक्षा गरेको छैन । 

प्रवक्ता पोखरेलले भने, ‘उनी आफै आत्तिएकी थिइन् । उनले भनेको संख्याले भने हामीलाई सघाउ गर्छ ।’

किन भइरहेका छन् हत्या, आत्महत्या र बलात्कारका घटना ?
प्रवक्ता पोखरेलका अनुसार अहिलेको हाम्रो सामाजिक परिवर्तन र आमुल परिवर्तनका कारण हत्या, आत्महत्या र बलात्कारका घटना बढेका छन् । 

बलात्कारको घटना छिट्टै पत्ता लाग्नुमा पारिवारिक व्यक्ति बढी पर्ने भएकाले पनि हो र अर्कातिर सामाजिक संजालले प्रभाव पारेको छ । 

दैनिक १४–१५ वटा आत्महत्याका घटना भइरहेका छन् । बलात्कार दैनिक ३–४ वटा घटना भइरहेका छन् । श्रीमती हत्यामात्र ७ महिनामा ६७ वटा घटना भएका छन् । 

प्रहरीले यसलाई रोक्नका लागि समुदायलाई नै जगाउन जरुरी छ । कार्तिकदेखि समुदाय प्रहरी साझेदारी कार्यक्रम आएको छ । 

पोखरेल भन्छन्, ‘अपराधका कारण पत्ता लगाउन सकियो भने मात्र बचाउन सकिने हुन्छ । घरघरमा हुने आपराधिक गतिविधि पत्ता लगाउन सक्नुपर्ने देखिन्छ । तसर्थ हामीहरु घरघरमा पुग्न खोजिरहेका छौं । यसलाई जागृत गराउन लक्ष्मणरेखा कोरेर अगाडि बढ्न जरुरी छ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ