arrow

काँग्रेस सभापति देउवा सिंगापुर जाँदै 

logo
प्रकाशित २०७६ जेठ ८ बुधबार
sher-bahadur-deuba-new-fnl.jpg.jpeg

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर जाँदैछन् । बुधबार साँझ स्वास्थ्य उपचारको लागि देउवा सिंगापुर जान लागेका हुन् । 

सिंगापुर जानु अघि सभापति देउवाले काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का र सह महामन्त्री डा प्रकाश शरण महतलाई देउवा निवास बुढानीलकण्ठमा बोलाएर यस विषयमा जानकारी दिएका थिए । 

यही जेठ १५ गते मुलुकमा आगामी आर्थिक वर्षको बजेट ल्याईँदै छ । स्वास्थ्योपचार गरेर सभापति देउवा सिंगापुरबाट १३ गते साँझ फर्किने नेपाली काँग्रेसले जनाएको छ । 

पार्टीको तर्फबाट राष्ट्रिय जागरण अभियान मध्य भागमा चलिरहेको र छायाँ सरकार गठन गरेको दुई दिनपछि नै सभापति देउवा सिंगापुर जानुलाई विभिन्न शंका उपशंकाको दृष्टिले हेरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ