arrow

कम्युनिष्टबिरुद्ध काँग्रेस जुर्मुराउन आवश्यक : वरिष्ठ नेता पौडेल

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७६ जेठ ८ बुधबार
ramchandra-poudel6.jpg

पुनर्वास । कम्युनिष्ट सरकारले मुलुकलाई अधिनायकवाद तर्फ धकेलेको नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन ।

कञ्चनपुरको पुनर्वास स्थित आइबिआरडीमा बुधबार नेपाली काँग्रेस क्षेत्र नम्बर १ ले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले भने, 'जन आन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई कम्युनिष्टले उल्ट्याउन खोज्दैछ ।'  उनले मुलुकमाथी लादिँदै गरेको निरंकुश कदमका विरुद्धमा नेपाली काँग्रेस जुर्मुराउन आवश्यक रहेको बताए।

आफ्नो सुदुर पश्चिम भ्रमणबारे प्रष्ट्याउदै नेता पौडेलले भने, 'सरकारका अलोकतान्त्रिक कदमहरुका विरुद्ध कार्यकर्ता र जनतासँग अन्तर्कृया गर्दै नेतृत्वलाई सजग पार्न आफू जागरण अभियानमा निस्किएको हु । '

नेपाली काँग्रेसले देशब्यापी रुपमा थालेको जनजागरण अभियान कार्यक्रम अन्तर्गत कञ्चनपुरको पुनर्वास पुगेका काँग्रेस बरिष्ठ नेता पौडेलले पार्टीको संस्थापन इतर समुहका नेताहरु प्रती टिप्पणी गर्दै भने, 'काँग्रेससँग कम्युनिष्टले आँखा जुँधाउन नसक्ने गरि बोल्न सक्ने क्षमता नेतृत्वमा हुनु पर्छ ।  पार्टीमा अनुशासन , न्याय र मुल्यांकन सँग सँगै लैजाने हो भने सँगठन राम्रो हुन्छ । पार्टीलाई सुधारेर लैजाने कि नलाने यो बहस कार्यकर्ता माझ लैजान आवश्यक छ ।'

पुनर्वासको आइबिआरडीमा आयोजित पार्टीको जागरण कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले भने 'काँग्रेसले कहिले पनि अति रंजित कुरा गर्दैन निमुखालाई न्याय बिपन्नलाई आय दिने प्रयत्न काँग्रेसले गरेको हो ।'
 
वर्तमानमा नेपाल सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिल ऐन बारे बोल्दै नेता पौडेलले भने, 'एक एक गरेर कम्युनिष्ट सरकारले पंचायत राजको कानुन ल्याउदैछ । नेपालको संविधान २०७२ ले प्रत्याभूत गरेका अधिकार खोस्न खोज्दैछ । प्रेसलाई कुण्ठित पार्न ऐन ल्याउन खोज्दैछ । सहने बानी परेका काँग्रेस कार्यकर्तले त सहलान तर जनताले अब सहनेवाला छैनन ।'
 
वरिष्ठ नेता पौडेलले भने, 'देश र प्रजातन्त्रलाई जोखिममा राखेर  काम गरेको छैन मैले आफुलाई नै जोखिममा राखेको छु ।  न्याय, निश्पक्षता र पार्दर्शिता भयो भने काँग्रेस बलियो हुन्छ म यहि कुरा बुझाउन सुदुर पश्चिम पुगेको छु । पार्टीलाई कसरी बलियो बनाएर लैजाने कार्यकर्ता र जनताको भावना बुझ्न आएको हु ।'
 
नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभापती गोपिप्रसाद उपाध्यायको सभापतित्वमा आयोजित कार्यक्रममा केन्द्रिय सदस्य एनपी सावँद , कमला पन्त  ,रामकृष्ण यादब , साँसद संजय गौतम , पुर्व साँसद दिवानसिंह बिष्ट लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ